१९ माघ २०८१, शनिबार
,
Latest
सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिसी पास हुनुपर्छ : कांग्रेस नेता बडु



अ+ अ-

अछाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास हुनु पर्ने बताएका छन्। बुधबार नेपाल प्रेस यूनियन अछामले साफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा उल्लेख गरेका हुन् ।

राज्यका संवैधानिक निकायहरु पनि सरकारको प्रभावमा परेर काम गरिरहेको भन्दै उक्त कुरा संविधानको मर्म विपरित भएको बताए। ‘अख्तियार सरकारको प्रभावमा परेर काम गरिरहेको छ ।’ बडुले भने,भ्रष्टाचारीलाई कारवाही गर्नमा कांग्रेसको विरोध होइन। तर कानुनको प्रयोग विभेदपूर्ण भयो। यसमा कांग्रेसको गम्भीर आपत्ति छ।’

न्यायालयले सहि र गलत छुट्याउला तर त्यहा पुर्याउने बाटो नै गलत भयो। ललिता निवास प्रकरण बारे बोल्दै बडुले भने । सरकारले ल्याउन लागेका प्राय कानुन विधेयकहरु संविधानको मर्म विपरित छन्। सरकारले ल्याउने विकास बजेट सन्तुलित खालको छैन । सरकारको बजेटको प्राथमिक्ता पछाडि परेको क्षेत्रको बिकासका लागि छैन।