२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाशिवरात्रिमा पशुपति क्षेत्र विकास कोषले पशुपतिमा गर्दैछ यस्तो व्यवस्था…



अ+ अ-

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका दिन सहज, सुरक्षित र छिटो दर्शन गराउने कामलाई प्रभावकारी बनाएको बताएको छ । यही फागुन ९ गते शुक्रबार त्रयोशीका दिन पर्ने महाशिवरात्रि पर्वमा पशुपति क्षेत्रमा दर्शन गर्न आउने भक्तालुहरुलाई व्यवस्थित रुपमा दर्शन गराउने कार्यलाई प्रभावकारी बनाइएको कोषले बताएको छ । भक्तालुहरुलाई सहज, सुरक्षित र छिटो दर्शन गराउन सहयोग गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा गठन भएको १ सय ११ सदस्यीय महाशिवरात्रि व्यवस्था मूल समिति २०७६ अन्तर्गत ११ वटा उपसमितिहरु गठन गरिएको छ ।

उपसमितिहरुले पशुपति क्षेत्रमा शुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचार प्रसार, वातावरण सरसफाई, स्वास्थ्य सेवा, स्वर्यसेवा परिचालन लगायतमा काम गर्नेछन् । पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी महाशिवरात्रिका दिन चारवटै ढोका खुल्ला गर्ने बताएको छ । कोषका सदस्य सचिव डा. प्रदिप ढकालले बाहिरी ढोकाबाट बाहिर एक एक लाइनको व्यवस्था गर्ने र भित्र ४ वटा लाइन सम्म व्यवस्था गरी दुई घण्टा भित्रमा दर्शन गरिसक्ने व्यस्था मिलाइएको बताए ।

उनले उत्तर ढोकाबाट ३ लाइन, दक्षिणबाट ३ लाइन, पश्चिम ढोकाबाट ४ लाइन, र पूर्वि द्धारलाई भने वैकलिपक द्धारको रुपमा नित्य पुजाका सामाग्रिहरु लैजाने व्यवस्था मिलाउन प्रयोग गरिने र आवश्यक परेको खण्डमा दर्शन गर्न दिने व्यवस्था समेत मिलाउने गरी व्यवस्थापन गरिएको बताए । त्यस्तै सदस्य सचिव ढकालले नेपाल प्रहरीको अगुवाईमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति सहित ६ हजार सुरक्षाकर्मि परिचालन हुने र नेपाल स्काउट सहितका करिब ५ हजारको संख्यामा स्वयंसेवकहरु परिचालन हुने बताए ।

उनले दर्शन गदौ ज्येष्ठ नागरिक, शारिरिक रुपमा अशक्त एवं अपाङ्गता भएका व्यक्तिहरुलाइ समस्या परेमा आफ्नो नजिक रहेको स्वास्थ्य शिविरमा सम्पर्क गर्न आग्रह गरे । तयस्तै भक्तालुहरुको सुरक्षालाई ध्यान दिदै पशुपति क्षेत्रमा मदिरा तथा कुनैपनि नशालुपदार्थको निषेध गरिएकाले विक्रीवितरण तथा ओसारपसार नगर्न एवं प्रयोग तथा सेवा नगर्न समेत उनले आग्रह गरे ।