७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

डा.शेखरलाई रवीन्द्रको पत्र: तपाई प्रचण्डवादी कि वीपीवादी प्रष्ट पार्नुस !

डा.शेखरलाई रवीन्द्रको पत्र: तपाई प्रचण्डवादी कि वीपीवादी प्रष्ट पार्नुस !
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली काँग्रेसका नेता शेखर कोईरालालाई प्रचण्डवादी र वीपीवादी कुन आफनो कित्ता स्पष्ट पार्न सुझाब दिनु भएको छ ।

सामाजिक संञ्जालमा एक स्टाटस राख्दै मिश्रले भन्नुभएको छ प्रष्ट भन्नुस्, म वीपीवादी हुँ भनेर। यता पनि ठिक्क उता पनि ठिक्कको राजनीति तपाईँलाई सुहाउँदैन। यस्तो ल्याङल्याङे पाराले संसारमा कोही पनि राजनेता भएका छैन। बाँकी तपाईँको इच्छा !

उहाँले लेख्नुभएको छ-

डा. शेखर कोइराला (Dr Shekhar Koirala) लाई

अलि खरो ९-बुँदे खुलापत्र!

पहिले, उहाँको भनाइ:

– देशलाई अभिभावकको खाँचो छ।

– देशको राष्ट्रियता अत्यन्त नाजूक अवस्थामा छ।

– राष्ट्रियता र प्रजातन्त्रसँगै लैजान नसके नेपाल बच्दैन।

– प्रजातन्त्र/लोकतन्त्र ‘छाडातन्त्र’ भइसकेको छ।

अब मेरो अलि खरो पत्र:

पत्रको शुरू नै यसरी गरौँ — देशको अवस्था त्यति खराब छ भने, तपाईँ “गर्न सक्ने” ठाऊँमा भएको मान्छे, के हेरेर बस्नुभएको?

कांग्रेस सभापति बन्न पाइन्न कि, प्रधानमन्त्री बन्न पाइन्न कि भनेर आत्मकेन्द्रित चिन्तनबाट तपाईँ समेत ग्रस्त भएको देख्दा, मेरो तपाईँप्रतिको सम्मानमैँ प्वाल पर्न लागिसक्यो, जुन म चाहन्न।

१- वीपी कोइरालाको सच्चा अनुयायी भएर तपाईँ सबैभन्दा माथि देशलाई राख्ने कि पदलाई? के वीपीले त्यही सिकाएका थिए तपाईँलाई? #विचारभन्दामाथिदेश लाई राखेका होइन, वीपीले?

२- चुनावमा नयाँ-नयाँ मिले भने खुब बन्नुहोला तपाईँ प्रधानमन्त्री! सबै नयाँ नमिल्दा त तपाईँको पालो नआउला जस्तो देख्खिसक्यो। तपाईँचाहिँ ‘आकाशको फल’ हेरेर जहिले पनि ल्याङल्याङ कुरा गरेर बसिराख्नोस्।

३- वीपीजस्तै राजनेता हुनेभए ड्याम्म एउटा पत्रकार सम्मेलन गर्नोस्, ‘यो, यो, यो’ कारणले देश र काँग्रेसलाई ‘वीपीपथ’ मा लैजानै पर्ने भयो भन्नुस्। प्रचण्डको कमिजको फेर समातेर नबस्नोस्। तपाईँ सहजताका साथ कांग्रेस सभापति र प्रधानमन्त्री दुबै बन्नुहुन्छ।

४- प्रचण्डमार्गी काँग्रेसी, भूराजनीतिमा पोख्त छिमेकीले के भन्छन् र सभापति/प्रधानमन्त्री बन्न पाउँला/नपाउँला भनेर सोच्न छोडिदिनोस्।

५- छिमेकीले पनि जेन-जी विद्रोहपछि नेपालमा राजसंस्था भएन भने त्यसको असर अब उनीहरूलाई समेत पर्छ भन्ने अलिअलि बुझिसके। अब केही समयमा पुरै बुझ्नेछन्। अनि त्यसपछि तपाईँ “मैले त राजालाई पूर्वराजा भन्दिन भनेकै थिएँ नि” भन्दै लुरूक्क परेर

#मार्गपरिवर्तन गर्ने होला, होइन?

६- यस्तो ल्याङ्ग्रे पाराले पनि राजनेता भइन्छ? यो पाराले तपाईँ प्रधानमन्त्री नै भए पनि तपाईँ सिङ्गो नेपालको होइन, प्रचण्डपथको अर्थहीन प्रधानमन्त्री हुने हो। तपाईँलाई देशको भन्दा प्रधानमन्त्री पदको मायाँ?

७- देश यस्तो अवस्थामा पुग्दा पनि कोइरालाको रगत र वीपीको आस्था बोकेको मान्छेको हालत यस्तो देख्दा मलाई दुख लागेको छ!

८- देश #नवीसमझदारी मा जाने लगभग निश्चित छ। गएन भने विस्तारै या अनपेक्षितरूपमा, तपाईँले नै भने झैँ, #अस्तित्वकोसंकट मैँ जाने हो। त्यसैले, ठूलो, र वीपीको दलको नाताले #नवीनसमझदारी को नेतृत्व गरेर राजनेता बन्नोस्। होइन भने प्रचण्डको फेर समातेर हल्लिरनोस्! विराटनगर गएर “के सोचेँ मैले, के भयो अहिले” भनेर गीत गाएर बस्नोस्।

९- कि प्रष्ट भन्नुस्, म प्रचण्डवादी हुँ भनेर, कि प्रष्ट भन्नुस्, म वीपीवादी हुँ भनेर। यता पनि ठिक्क उता पनि ठिक्कको राजनीति तपाईँलाई सुहाउँदैन।

यस्तो ल्याङल्याङे पाराले संसारमा कोही पनि राजनेता भएका छैन। बाँकी तपाईँको इच्छा!

तपाईँको शुभचिन्तक
रवीन्द्र मिश्र