काठमाडौँ — सेक्युरिटी प्रेस खरिदका विषयमा अनियमिततामा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा संसद्को सार्वजनिक लेखा समितिमा सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित सेक्युरिटी प्रेसका बारेको छलफल आज आएनन् । सेक्युरिटी प्रेस खरिदमा चलखेल भइरहेको चर्चा भइरहेका बेला बुधबार सञ्चारमन्त्री गोकुल बाँस्कोटा र स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मा बीचको भ्रष्टाचारसम्बन्धी अडियो कुराकानी बाहिरिएको थियो । सो घटनामा मुछिएपछि थप तरंग पैदा भएकोले उनी सो छलफलमै नआएको बताइएको हो ।
लेखा समितिले यस घटनका बारेमा छलफल गर्न सञ्चार मन्त्री बाँस्कोटालाई बोलाए पनि उनी उपस्थित नभएको बताइएकोछ । उनी काठमाडौँबाहिर रहेको बताइएको छ । समितिले बैठकमा बोलाउँदा उपस्थित हुन नसक्नेउ भए पहिले नै जानकारी गराउनुपर्ने व्यवस्था भए पनि मन्त्री बाँस्कोटाले भने पूर्व जानकारीबिना नै बैठकमा नगएको भन्दै समितिका सदस्यहरु रुष्ट भएका थिए ।
सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एकजना एजेन्टसँग संवाद गर्दै कमिसन मागेको अडियो आज बिहान सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भएलगत्तै कांग्रेसले विज्ञप्ति जारी गरेर मन्त्रीलाई बर्खास्त गरी र छानबिनको माग गरेको छ । उनलाई तुरुन्त बर्खास्त गर्न नेपाली काँग्रेसले माग गरेको छ । उनलाई तत्कालै बर्खास्त गरेर आवश्यक अनुसन्धान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको हो ।
लेखा समितिले बिहीबार विभिन्न बुँदामा छलफल गर्दैछ । सेक्युरिटी प्रेस खरिदमा किन जी टु जी(गभर्मेन्ट टु गभर्मेन्ट’ प्रस्तावमा प्रतिस्पर्धा भएन भनेर समितिमा छलफल हुँदैछ । ‘सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना खुला प्रतिस्पर्धाबाट नगरी जी टु जी मार्फत ३ वटा देशसँग मात्र पत्राचार गरी कार्य अघि बढाउनुको कारण के हो भन्ने बारेमा सरकारको तर्फबाट मन्त्री बाँस्काटेले जवाफ दिनुपर्ने समितिले भनेको थियो ।
सञ्चारमन्त्रीलाइ तुरुन्त बर्खास्त गर्न माग
उता सेक्युरिटी प्रेस खरिदका विषयमा अनियमिततामा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई तुरुन्त बर्खास्त गर्न नेपाली काँग्रेसले माग गरेको छ । उनलाई तत्कालै बर्खास्त गरेर आवश्यक अनुसन्धान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको हो ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ– सेक्युरिटी प्रिन्टिङ खरिद तयारीसँगै ठूलो रकम अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’
सञ्चारमन्त्री स्वयंको यस्तो अनियमितता पुष्टि भएकाले यसबारे अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारलाई आग्रह गरेका हुन् ।