११ असार २०८३, बिहीबार
,
Latest
जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनियमिततामा मुछिएपछि समितिको छलफलमै गएनन् मन्त्री बास्कोटा



अ+ अ-


काठमाडौँ — सेक्युरिटी प्रेस खरिदका विषयमा अनियमिततामा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा संसद्को सार्वजनिक लेखा समितिमा सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित सेक्युरिटी प्रेसका बारेको छलफल आज आएनन् । सेक्युरिटी प्रेस खरिदमा चलखेल भइरहेको चर्चा भइरहेका बेला बुधबार सञ्चारमन्त्री गोकुल बाँस्कोटा र स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मा बीचको भ्रष्टाचारसम्बन्धी अडियो कुराकानी बाहिरिएको थियो । सो घटनामा मुछिएपछि थप तरंग पैदा भएकोले उनी सो छलफलमै नआएको बताइएको हो ।


लेखा समितिले यस घटनका बारेमा छलफल गर्न सञ्चार मन्त्री बाँस्कोटालाई बोलाए पनि उनी उपस्थित नभएको बताइएकोछ । उनी काठमाडौँबाहिर रहेको बताइएको छ । समितिले बैठकमा बोलाउँदा उपस्थित हुन नसक्नेउ भए पहिले नै जानकारी गराउनुपर्ने व्यवस्था भए पनि मन्त्री बाँस्कोटाले भने पूर्व जानकारीबिना नै बैठकमा नगएको भन्दै समितिका सदस्यहरु रुष्ट भएका थिए ।


सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एकजना एजेन्टसँग संवाद गर्दै कमिसन मागेको अडियो आज बिहान सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भएलगत्तै कांग्रेसले विज्ञप्ति जारी गरेर मन्त्रीलाई बर्खास्त गरी र छानबिनको माग गरेको छ । उनलाई तुरुन्त बर्खास्त गर्न नेपाली काँग्रेसले माग गरेको छ । उनलाई तत्कालै बर्खास्त गरेर आवश्यक अनुसन्धान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको हो ।


लेखा समितिले बिहीबार विभिन्न बुँदामा छलफल गर्दैछ । सेक्युरिटी प्रेस खरिदमा किन जी टु जी(गभर्मेन्ट टु गभर्मेन्ट’ प्रस्तावमा प्रतिस्पर्धा भएन भनेर समितिमा छलफल हुँदैछ । ‘सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना खुला प्रतिस्पर्धाबाट नगरी जी टु जी मार्फत ३ वटा देशसँग मात्र पत्राचार गरी कार्य अघि बढाउनुको कारण के हो भन्ने बारेमा सरकारको तर्फबाट मन्त्री बाँस्काटेले जवाफ दिनुपर्ने समितिले भनेको थियो ।


सञ्चारमन्त्रीलाइ तुरुन्त बर्खास्त गर्न माग
उता सेक्युरिटी प्रेस खरिदका विषयमा अनियमिततामा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई तुरुन्त बर्खास्त गर्न नेपाली काँग्रेसले माग गरेको छ । उनलाई तत्कालै बर्खास्त गरेर आवश्यक अनुसन्धान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको हो ।


नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ– सेक्युरिटी प्रिन्टिङ खरिद तयारीसँगै ठूलो रकम अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’
सञ्चारमन्त्री स्वयंको यस्तो अनियमितता पुष्टि भएकाले यसबारे अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारलाई आग्रह गरेका हुन् ।