१९ माघ २०८१, शनिबार
,
Latest
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार ‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्धारा राष्ट्रिय सभा बैठक अवरुद्ध, बास्कोटालाई बर्खास्त गरी छानबिन गर्नु पर्ने माग



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अगाडी बढाउनुपर्ने माग राख्दै नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।

बिहीबारको राष्ट्रियसभा बैठकमा नेपाली कांग्रेसले बास्कोटालाई बर्खास्त गर्नुपर्ने, घटनाको विषयमा छानबिन गर्न समिति गठन गर्नुपर्ने र प्रधानमन्त्रीले संसदमा यसको जवाफ दिनुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेको हो । नेपाली कांग्रेसको तर्फबाट जितेन्द्र नारायण देवले बास्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अगाडी बढउनुपर्ने माग राख्दै प्रधानमन्त्रीले यो विषयमा संसदमा जानकारी गराउनुपर्छ भन्नुभयो ।

कांग्रेसले बास्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अगाडी नबढाउँसम्म सदन चल्न नदिने भन्दै अवरोध गरेको हो । लगत्तै कांग्रेसका सांसदहरले उठेर विरोध जनाएका थिए । बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदका लागि स्वीस कम्पनीका एजेन्टसँग गरेको कुराकानी सार्वजनिक भएको छ । उक्त कुराकानीमा बास्कोटाले आफुले पाउने कमिसनको विषयमा कुराकानी गर्नुभएको छ ।