८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति



अ+ अ-

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण निर्माण गर्ने विषयमा प्रमुख राजनीतिक दलहरूबीच समझदारी बनेको छ।

मंगलबार अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए।

छलफलपछि राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले फागुन २१ को निर्वाचन सफल बनाउन सबै पक्ष प्रतिबद्ध भएको जानकारी दिए।

उनका अनुसार निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्न विस्तृत छलफल बालुवाटारमा गर्ने सहमति पनि भएको छ।

छलफलका क्रममा राष्ट्रपति पौडेलले देशको अवस्था गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै राजनीतिक निकासका लागि निर्वाचन अपरिहार्य रहेको बताए।

“देशको वर्तमान जटिल परिस्थितिको समाधानका लागि निर्वाचन नै उपयुक्त विकल्प हो,” राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले भने, “यो गम्भीरतालाई ध्यानमा राख्दै निर्वाचन सफल बनाउनु हामी सबैको साझा दायित्व हो।”

राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्धारित मितिमा निर्वाचन सफल बनाउन आवश्यक सहकार्य र जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्।