८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’
oplus_2
अ+ अ-

कञ्चनपुर। नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय हित र स्वाधीनतालाई केन्द्रमा राखेर अगाडि बढ्न सबै पक्षलाई आह्वान गर्नुभएको छ ।

आज यहाँ शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आयोजित जिल्लास्तरीय पार्टी एकता सन्देश सभामा उहाँले नेपाली जनताको अधिकारलाई बलियो बनाउने सङ्कल्पका साथ पार्टी अगाडि बढेको बताउनुभयो ।

नेता रावलले देशको अर्थतन्त्र बलियो बनाउन युवा शक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामी युवा शक्तिलाई मुगलान पठाएर यहाँका खेतपाखा बाँझो राख्न चाहँदैनौँ, उत्पादन बढाएर देशलाई समृद्ध बनाउन लाग्छ । यसमा हाम्रो पार्टीले सम्पूर्ण रूपमा सहयोग गर्छ ।”

नेता डा रावलले ‘जेनजी’ आन्दोलनका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र देशमा निर्वाचन सम्पन्न गर्ने दुई मुख्य एजेन्डाससहित सरकार गठन भएको चर्चा गर्दै सरकार अन्य काममा अल्मलिन नहुनेमा जोड दिनुभयो ।

सभामा पूर्वमन्त्री भानुभक्त जोशीले राष्ट्रिय स्वाभिमानको रक्षाका लागि वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं नेता खगराज भट्टले आफ्नो पार्टी नैतिक मूल्य–मान्यता र अग्रगामी एजेन्डा बोकेर जनताको माझमा आएको बताउनुभयो ।रासस