२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगकर्मी विदेशिएपछि उद्योग बन्द



अ+ अ-

दैलेख । आठबीस नगरपालिका–४ राकम कर्णालीमा गत आर्थिक वर्षमा स्थापना भएको एक घरेलु उद्योग बन्द भएको छ । उद्योगमा रकम जुटाउन नसकेपछि पुराना कपडाबाट रुई निर्माण उद्योग बन्द भएको हो ।

उद्योगमा रकम नजुटेपछि सञ्चालकहरु खाडी मुलुक तथा भारततर्फ लागेका स्थानीयवासीले बताएका छन् । जिल्ला घरेलु उद्यमले यहाँका केही युवायुवतीलाई कपडा उद्योगसम्बन्धी तालिम दिएको थियो । तालिम लिएकाहरुलाई तालिम सकिएपश्चात रोजगारीका लागि उद्योग स्थापना गरिएको थियो । गाउँघरमा खेर गएका पुराना कपडालाई प्रयोगमा ल्याउने र नयाँ उद्यमी सिर्जना गर्ने उद्योगको उद्देश्य हो ।

उद्योगकर्मी गाउँगाउँमा गई कच्चा पदार्थ ९पुराना कपडा० सङ्कलन गर्न हिच्किचाउने र त्यहाँबाट उत्पादन हुने रुई उत्पादन धेरै गर्न नसक्ने हुँदा रकम कम मात्रामा जुट्यो र विदेशतर्फ लागेका बताइएको छ । उद्योग स्थापना भएको करिब दुई महिनामै उनीहरुले उद्योगमा काम गर्न छाडिसकेका स्थानीयवासी गोकर्ण माझीले बताउनुभयो ।

युवा विदेश लागेपछि उद्योगमा रहेका युवतीले समेत काम गर्न छाडेपछि लाखौँ रकम बालुवामा पानी हालेजस्तै भएको छ । वडाध्यक्ष रणबहादुर माझीका अनुसार पहिला उनीहरुकै रोहवरमा अनुदान थपियो, उनीहरुले काम गर्न छाडे, अहिले तालिमप्राप्त मान्छे गाउँमा पाउन मुस्किल भएको छ । “हामीले त्यो सम्बन्धीको तालिम प्राप्त मान्छेहरु खोजिरहेका छौँ”, उहाँले भन्नुभयो ।

नगरप्रमुख खड्कराज उपाध्यायले ‘युवा रोजगार’का लागि रु ८० लाख बजेट छुट्याइएको बताउनुभयो । त्यहाँबाट केही मात्रामा रकम छुट्याएर पुनः लगानी गरेर उद्योग सञ्चालन गर्ने उहाँको भनाइ छ । रु ५३ हजार ८२४ जनश्रमदान र रु पाँच लाख अनुदान रकममा उद्योग स्थापना गरिएको थियो ।