११ असार २०८३, बिहीबार
,
Latest
कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाला निर्माणको बिषयलाई लिएर दुई समुहबिच झडप



अ+ अ-

बारा । नाला निर्माणको बिषयलाई लिएर नगर समूह र समाजवादी युवा संघबीच झडप हुँदा तीन जना घाइते भएका छन्। बिहीबार राति समाजवादी युवा संघका उपाध्यक्ष मुकेश कुसवाह र महागढीमाई नगर प्रमुख उपेन्द्रप्रसाद यादवको समूहबीच झडप भएको हो।

नगर प्रमुख यादवले नाला निर्माण नगरिदिएको भन्दै गत सोमबार उपाध्यक्ष कुसवाहले गुनासो गरेका थिए। यही विषयमा दुवै पक्षबीच विवाद हुँदै आएको थियो। विवाद चलिरहँदा कुसवाहले नक्कली आइडी बनाई फेसबुकमा नगरपालिकाबारे नकारात्मक टिप्पणी गरेको प्रमुख यादवले आरोप लगाए।

कुसवाहले भने आफ्ना बुबालाई कार्यालयमा बोलाएर नगर प्रमुखले शौचालयमा थुनेर कुटपिट समेत गरेको आरोप लगाएका छन्।

झडप हुँदा नगरपालिका कार्यालयका ड्राइभर साहेवप्रसाद यादवको टाउकोमा चोट लागेको छ। उनको वीरगञ्ज नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रमुख यादवले बताए। त्यस्तै नगर समूहका धिरेन्द्रप्रसाद लहेरी र साजन गुप्ता सामान्य घाइते भएका छन्।

झडपमा समाजवादी युवा संघका उपाध्यक्ष कुसवाह पनि घाइते भएका छन्। मुकेशको छाती, टाउको र पेटमा चोट लागेको छ। उनको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको भाञ्जा सुनिल कुसवाहले जानकारी दिए।

‘पहिलेदेखि नै नगर र अर्को पक्षबीच विवाद थियो हिजो सामान्य झडप भएको रहेछ,’ जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण पंगेनीले भने, ‘स्थिति छिट्टै नियन्त्रणमा आएको थियो।’