६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

१० लाखले गरे पशुपतिनाथ दर्शन

१० लाखले गरे पशुपतिनाथ दर्शन
अ+ अ-

काठमाडौं । जोरपाटी निवासी ओखलढुंगाका डिल्लीबहादुर रोक्का क्षेत्रीले महाशिवरात्रिमा २५ वर्षपछि पशुपतिनाथ मन्दिरमा सहज रूपमा दर्शन गर्न पाए। ‘पहिला हामीलाई हुत्याउँथे, लडाइदिएको अनुभव पनि छ’, पोलियोका कारण दुवै खुट्टा घिसार्दै पशुपति आएका ५० वर्षीय क्षेत्रीले भने, ‘पहिलो पटक धेरै कुरामा व्यवस्थित भएको पाएँ।’

पाशुपत क्षेत्रको बाहिरी मात्र होइन, मन्दिर परिसर पनि यसपटक व्यवस्थित देखिन्थ्यो। विगतमा पश्चिम ढोकाबाटै छिर्ने भेटिन्थे, यसपटक बाहिरिनेलाई पनि प्रहरी र स्काउट टोलीले दुवैतर्फ लाइन लागेर परसम्म निगरानी गरिरहेका थिए। भक्तजन जुन लाइनबाट मन्दिर पुग्थे उही लाइनबाट फर्किने व्यवस्था थियो। ‘विगतमा पहुँचवाला र चलाख व्यक्तिले घुसघास र शक्ति देखाएर लाइनबिनै मन्दिर पसी दिनभर भीडभाड गर्थे’, पशुपति क्षेत्र विकास कोषका कर्मचारी गोकर्णप्रसाद पौडेलले भने, ‘२७ वर्षका शिवरात्रिमा यत्तिको व्यवस्थित कहिल्यै महसुस भएन।’

सुकेधाराकी सावित्री काफ्ले जयवागेश्वरीबाट लाइनमा बसिन्। अढाई घण्टामा दर्शन गर्न पाएको उनले सुनाइन्। तिलगंगाबाट लाइनमा बसेकी सातदोबाटोकी रश्मिला केसीले भने बिहान ५ बजेदेखि लाइन बसे पनि अढाई बज्दासम्म दर्शन गर्न पाएकी थिइनन्। उनीभन्दा पाँच जना अगाडि रहेका भक्तपुर सूर्यविनायकका उमेश कार्कीले भने, ‘तीन घण्टामा दक्षिण ढोका आइपुग्यौं, पहिला त नौ घण्टासम्म लाइन लागेको थिएँ।’ कोषका सदस्यसचिव डा। प्रदीप ढकालले दुईदेखि तीन घण्टामा दर्शन गर्ने व्यवस्था मिलाइएको दाबी गरे।

भारतीय भक्तजन पनि दर्जनौं बस र साना गाडी रिजर्भ गरी आएको कोषका कोषाध्यक्ष डा। मिलनकुमार थापाले बताए। ‘यसपटक फूलको सजावटले आकर्षण बढायो’, उनले भने, ‘१० लाखभन्दा बढी भक्तजन मन्दिरभित्र र बाहिर आएका छन्।’

झन्डै २ करोड रुपैयाँको फूलले पाशुपत क्षेत्र झिलिमिली बनाइएको थियो। भारतीय नागरिक सञ्जीव छिब्बर र केके शर्माले २ सय जनशक्ति परिचालन गरी अस्टे«लिया, कोरिया, थाइल्यान्ड र भारतबाट फूल ल्याएका थिए।

मलेसियाबाट आइपुगेका मकवानपुरका प्रदीप नेपाल सजावट देखेर दंग थिए। यस्तो व्यवस्थापन निरन्तर हुनुपर्ने उनले बताए। फूलबाट प्रवेशद्वार, मयुर, स्वस्तिक, शिवलिंग, नन्दी, त्रिशूल आदि बनाइएको थियो। मूल मन्दिर प्रवेशद्वारमा गणेश र कुमारको आकृति छ भने मन्दिर परिसरका मठमन्दिरमा फूलले विभिन्न आकृतिमा सजाइएको छ। बसाहालाई झकिझकाउ बनाइएको छ। ‘फूलका आकृतिमा पहिलो पटक गज्जबका फोटा खिच्न पाएँ’, कलंकी निवासी आकृति थापाले भनिन्।

राम मन्दिर र आर्यघाटबाट गुह्यश्वरी जाने बाटो र आसपासमा गाँजा किनबेच गर्नेको संख्या कम देखियो। बिहीबार साधुसन्तबाट गाँजा खोसेर धुनीमा हालिएको सदस्यसचिव ढकालले सुनाए। ‘नागाबाबा पनि यसपटक सभ्य देखिए’, बोडेकी निर्मला श्रेष्ठले भनिन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिका अवसरमा अपराह्न ४ बजे पशुपतिनाथको दर्शन र पूजा गरिन्। कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले उपराष्ट्रपति नन्दबहादुर पुनको आगमन पनि एकै समय भएको बताए। ‘आउने र जाने सँगसँगै भएकाले भक्तजनले कुर्नुपरेन’, उनले भने।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले शिवरात्रिका हरेक पक्ष व्यवस्थित बनाउन निर्देशन दिएका थिए। उनी बिहीबार साँझ र शुक्रबार बिहान र बेलुकी गरी तीनपटक पाशुपत क्षेत्र पुगेर लाइन, भोजन, स्वास्थ्य सेवा, प्रसाद र चन्दन वितरणजस्ता विषयमा निरीक्षण गरी गुणस्तरीय सेवा दिन भनेका थिए। फूलको सजावटका कारण बिहीबार झन्डै २ लाख भक्तजन पशुपति पुगेको खतिवडाको भनाइ छ। महाशिवरात्रिकै अवसरमा टुँडिखेलमा नेपाली सेना दिवस मनाइएको थियो।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।