११ असार २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिक्रमित जग्गामा डोजर चल्यो



अ+ अ-

काठमाडौं । अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियानलाई सरकारले तिव्रता दिएको छ ।

शनिबार काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ तीनकुने जागृतिनगरमा रहेको अतिक्रमित जग्गामा महागरले फिर्ता लिएको छ । त्यसक्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य गणेश दुलाल र वडानम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीसहितको टोलीले अतिक्रमित जग्गामा डोजर चलाएको हो । महानगरले अतिक्रमित जग्गामा रहेका घर टहराहरु भत्काएको छ । वडाध्यक्ष भण्डारीले १८ दिने सूचना जारी गरेपनि अटेर गरेपछि डोजर चलाएर टहरा भत्काउनुपरेको बताउनुभयो । ‘पटक पटक सूचना जारी गरेर अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दा पनि अटेर गरेपछि आज हामीले भत्काएका हौँ’, उहाँले भन्नुभयो ।

फायल फोटो

प्रदेशसभा सदस्य गणेश दुलालले प्रमाणहरुका आधारमा भत्काएको ठाउँको जग्गा सरकारको नाममा रहेकोले टहराहरु भत्काइएको बताउनुभयो । ‘सरकारी जग्गा अतिक्रमण गरेर वर्षौदेखि एकजना व्यक्तिले भाडामा लगाएको थियो । बारम्बार सूचना जारी गर्दापनि अटेर गरेपछि आज घरटहरा भत्काएका हौँ । यो क्षेत्रमा रहेका सबै अतिक्रमित सार्वजनिक जग्गा फिताए गर्ने अभियानका साथ अगाडी बढेका छौँ’, उहाँले भन्नुभयो ।

स्थानीयहरुले भने खाली गर्न पर्याप्त सूचना नदिएको गुनासो गरेका छन् । जग्गा खाली गराउन ३५ दिने सूचना दिनुपर्नेमा १५ दिने सूचना जारी गरेर टहराहरु भत्काएको आरोप स्थानीयको छ ।