पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले वरिष्ठ लोक गायक बुद्धिसागर बस्याललाई सम्मान गरेको छ । शुक्रबार पोखरामा आयोजना गरेको एक कार्यक्रमबिच बस्याललाई सम्मान गरिएको हो ।
गायक बस्याललाई सम्मान गर्दै सुरेन्द्र गुरुङ र रामजी पौड्याल लगायत लोक दोहोरी गायकहरूले नेपालको लोक तथा दोहोरी गीत अहिलेको अवस्थामा ल्याउन संचार माध्यम तथा सिर्जना मार्फत सांगितिक क्षेत्रमा बस्यालले योगदान पुर्याउँदै आएको र आफूहरु ५० को दशकका गीत सुनेरै हुर्किदै यो क्षेत्रमा लागेको कुरा बताए ।
गुरुङले लोकदोहोरीमा पछिल्लो समय आएको विकृती विसंगतीको अन्त्यका हुनुपर्नेमा पनि जोड दिए ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष सुरेन्द गुरूङले भने- ‘बुद्धिसागर बस्याल जस्तो स्रष्ठाले हामीलाई मार्ग दिँदै नयाँ पुस्ताको लागि मार्गदर्शन दिनुपर्दछ र नेपालमै बस्नु पर्दछ । त्यसको लागि कलाकार तथा स्रष्ठाहरूको लागी राज्यले पनि सम्मान र अभिभावकको रूपमा सहयोग गर्नुपर्दछ । सरकारले युवा पलायन भए, देशका गहना विदेशिए भात्र भने र हुन्न । त्यसको कारण पनि खोतलेर समाधानको बाटो पहिल्याउनुपर्दछ ।’
सम्मानपछि कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश लोकगीतको खानी स्थल भएकाले यहाँका भाका र गीत अन्तराष्ट्रियस्तरमा पुगेका छन् । सोही भाका गीतको संरक्षणका लागि आफू लागिपर्ने बताए ।
कार्यक्रममा अन्य कलाकारहरूसँग बस्यालका ‘डाँफे नाचेर‘’, ‘बुढेसकालैमा‘’, ‘बाजेका पालामा‘’ लगायतका गीत गाएका थिए ।