२७ भाद्र २०८३, शनिबार
,
Latest
‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुर्मुस-सुन्तली फाउन्डेशनलाई सन्दीपले गरे आर्थिक सहयोग



अ+ अ-

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछाने धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गर्नुभएको छ । चितवनको भरतपुरमा निर्माणाधीन रङ्गशालाका लागि उहाँले रु ७० हजार फाउन्डेशनलाई हस्तान्तरण गर्नुभएको हो ।

सन्दीपले गत महिना कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग दुई खेल्ने क्रममा हरेक विकेट लिए बापतको रकम रङ्गशाला निर्माणका लागि सहयोग गर्ने घोषणा गर्नुभएको थियो । उहाँले प्रत्येक विकेट लिए बापतको रु आठ हजार ८४८ सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

सन्दीपले ओमान र अमेरिकासितका चार खेलमा आठ विकेट लिनुभको थियो । सोही विकेट बराबरको रकम फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ९धुर्मुस० र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरिएको हो । सन्दीप रङ्गशाला निर्माणका सद्भावनादूतसमेत हुनुहुन्छ ।