२७ भाद्र २०८३, शनिबार
,
Latest
‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति क्षेत्रमा फूलमाला चोरिँदै, फोहर थुप्रिँदै



अ+ अ-

काठमाडौं । महाशिवरात्रिमा पशुपति क्षेत्रको सजावटमा राखिएको फूलमाला चोरी हुन थालेको छ । पशुपति क्षेत्र विकास कोषको पहलमा भक्तजनकै सहयोगमा यस वर्ष करिब रु दुई करोड बराबरको फूलमालाले पशुपति क्षेत्र सजावट गरी आकर्षक बनाइएको थियो । देश विदेशबाट आउने भक्तजनका लागि यस वर्ष पशुपति क्षेत्रमा आउने साधुसन्तभन्दा पनि सजावट नै आकर्षण बनेको थियो ।

त्यो आकर्षण एक दिन पनि बढ्न सकेन । शुक्रबार दिनभर छ हजारभन्दा बढी सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएका कारण फूलमाला सुरक्षित थियो । शनिबार सुरक्षाकर्मीको उपस्थिति सुरक्षा पोष्टभन्दा बाहिर थिएन । बिदाको दिन भएकाले कोषका कर्मचारीको निगरानी पनि पशुपति क्षेत्रमा थिएन ।

कोषका सदस्य–सचिव डा प्रदीप ढकाल बाँदरबाट बचाउन सकिएको फूलमाला मानिसबाट सुरक्षित गर्न नसकिएको अनुभव सुनाउनुहुन्छ । फूलमाला राख्नुअघि नै बाँदरबाट सुरक्षित गर्ने उपाय अपनाइएको थियो । आइतबार बिहानदेखि नै पशुपति क्षेत्रमा राखिएका फूलमाला झिकेर अँगालाका अँगाला ओसारिएको दृश्य देखिएको स्थानीयवासी कमला नेपालले सुनाउनुभयो ।

भक्तजनको सहयोगमा राखिएको फूलमालाको आकर्षणको सुरक्षाका लागि कोषले जति काम गर्नुपथ्र्यो त्यति नगरेको स्थानीयवासीको गुनासो छ । कोषले सुरक्षाकर्मी र कर्मचारी खटाउन नसकेको पशुपति क्षेत्र पुगेका भक्तजनले सुनाए । माथिमाथि राखिएका फूलमाला सुरक्षित देखिन्छ । मानिसले भेट्ने ठाउँका जति चुँडिएको छ ।

निगरानी कम भएपछि बाँदरले पनि फूलमाला खान थालेको छ । महाशिवरात्रिका दिन भएको फोहर व्यवस्थापनमा पनि कोषले ध्यान नदिएको देखिन्छ । महाशिवरात्रिका दिन दर्शन गर्न नसकी भोलिपल्ट ललितपुरबाट हेर्न आउनुभएका रामचन्द्र घिमिरे पशुपति क्षेत्रमा कर्मचारी संयन्त्र भएजस्तो अनुभव हुन नसकेको बताउनुहुन्छ । कोषले महाशिवरात्रि मेलाका लागि छुट्याएको वनकाली क्षेत्रमा पानी जमेको छ । शनिबार बेलुकी परेको पानीले यहाँको बजार प्रभावित भएको छ । यस क्षेत्रमा जम्मा भएको फोहर सफा नगर्दा बजार छिर्न नसकिने देखिन्थ्यो । डोजरले खाल्डो खनेर पानी व्यवस्थापन गरिरहेको दृश्य पनि शनिबार देखियो ।

हंसमण्डप र त्यसअघिको क्षेत्रमा पनि धेरै गिलासलगायत फोहर फालिएको थियो । महाशिवरात्रिका अवसरमा शुक्रबार पशुपति क्षेत्रमा सयौँ सङ्घसंस्थाले सेवा दिए पनि तिनलेसमेत फोहर व्यवस्थापनमा ध्यान दिएनन् । कोषले ठाउँठाउँमा फोहर हाल्ने भाँडो राखिदिएको भए पनि पशुपति क्षेत्र कुरुप नहुने थियो । त्यसतर्फ पनि कमजोरी भएको देखिन्छ ।

कोषमा दर्जनौँ सफाइ कर्मचारी भए पनि शनिबार बेलुकीसम्म पशुपति क्षेत्रका मुख्यमुख्य ठाउँमै चिया र पानी खाएर फालिएका गिलासलगायतको थुप्रो टिपिएको छैन । वाग्मती किनार भने सफा देखिन्छ । जहाँ कोष, वाग्मती सफाइ महाअभियान, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलगायत १४ संस्थाको आयोजनामा शनिबार बिहानै ३५४औँ हप्ताको सफाइ गरिएको थियो ।

पशुपतिमा शनिबार पनि भक्तजनको चहलपहल बाक्लो थियो । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आएका साधुसन्त हेर्ने, मुख्य पर्वको दोस्रो दिन भगवान् पशुपतिनाथको दर्शन गर्ने उद्देश्यले हजारौँ भक्तजन पशुपति क्षेत्र पुगेका थिए । मूल मन्दिरभित्र रहेका नागाबाबा भक्तजनको विशेष आकर्षण बनेका थिए ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आएका साधुसन्तलाई आइतबारदेखि दक्षिणासहित बिदाइ गरिने गुठी संस्थानले जनाएको छ । संस्थानले पशुपति क्षेत्र र थापाथली क्षेत्रका विभिन्न अखडामा बसेका साधुसन्तका लागि फागुन कृष्ण एकादशीदेखि धुनीका लागि दाउरासहित खानापानको व्यवस्था पनि गरेको थियो ।

आइतबारसम्म यो व्यवस्था रहने संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले राससलाई जानकारी दिनुभयो । साधुसन्त व्यवस्थापनकै लागि यस वर्ष संस्थानले रु २४ लाख विनियोजन गरेको छ । कोषले पनि साधुसन्तका लागि खानपान, धुनीका लागि दाउरा बिदाइमा दान दक्षिणाका लागि सहयोग गर्ने जनाइएको छ ।