२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुर्नकर्जामा लिने बढे



अ+ अ-

काठमाडौँ । सरकारले उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने लक्ष्यका साथ अगाडि बढाएको पुर्नकर्जा कार्यक्रममा आकर्षण बढ्दै गएको पाइएको छ । आर्थिक समृद्धिको आधार तयार पार्न साना तथा मझौला कर्जालाई समेत जोड दिइएको तथा उत्पादनशील उद्योगको बढावाका लागि सरकारले लिएको नीतिलाई बैंक तथा वित्तीय संस्थालेसमेत आत्मसात गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्म रु १९ अर्ब ७५ करोड बराबरको रकम पुनःकर्जामा गएको छ । पुनःकर्जा दिने बैंकलाई केन्द्रीय बैंकले व्याज सहुलियतसमेत दिएको छ । बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले साधारण पुनःकर्जा रु १६ अर्ब ३५ करोड र निर्यात पुनःकर्जा रु एक अर्ब ४० करोड उपयोग भएको छ ।

यस्तै बैंकले भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनःकर्जाको बक्यौता गत पुस मसान्तमा रु एक अर्ब ७४ करोड रहेको छ । यस्तो कर्जा एक हजार ५९२ ऋणीले उपयोग गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै गत पुस मसान्तसम्म कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २० हजार ७९१ ऋणीले रु ४५ अर्ब आठ करोड कर्जा बक्यौता रहेको छ । सो कर्जाको अन्य शीर्षकअन्तर्गत तीन हजार १८७ ऋणीको रु एक अर्ब ९३ करोड कर्जा बक्यौता रहेको छ । त्यस्तै अन्तर–बैंक कारोवार चालू आवको छ महिनामा वाणिज्य बैंकबीच रु नौ खर्ब २६ अर्ब ५३ करोड र अन्य वित्तीय संस्थाबीच रु ९१ अर्ब ४२ करोड बराबर भएको छ ।