१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी‍ प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि मात्र छुट्ने भएका छन्।

उच्च अदालतले सर्त सहित थुनामुभक्त गर्न आदेश दिएपनि छुट पुर्जी चाहिने र जिल्ला अदालतबाट भोलि मात्र पुर्जी आउने हुँदा भोलि छुट पुर्जी लिन भैरहवामा जाने र उतैबाट छुट्ने बिगतमा उहाँको सचिवालयमा रहनु भएका प्रमोद न्यौपानेले जानकारी दिनुभयो

‘छुट पुर्जी चाहिने र जिल्ला अदालतबाट भोलि मात्र पुर्जी आउने हुँदा भोलि दाइ यहाँबाट भैरहवामा छुट पुर्जी लिन जानु हुनेछ। त्यसैले भोलि छुट्ने हुनुभयो,’ न्यौपाने भन्नुभयो

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएको थियो।

बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रवि लामिछानेले गरेको निवेदनअनुसार बिगो बमोजिमको धरौटी रकम बुझाएर छाड्न आदेश दिएको हो।