१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार

कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार
फाइल फोटो
अ अ+ अ-

सिरहा। कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले कृषि उत्पादन वृद्धि गर्दै देशमै रोजगारी सिर्जना गर्नु आजको प्रमुख आवश्यकता रहेको बताउनुभएको छ ।

सिरहा निर्वाचन क्षेत्र नं २ अन्तर्गत औरही चौकमा आज आयोजित ‘किसानसँग कृषिमन्त्री भेटघाट तथा सम्मान कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री परियारले युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेकाले गाउँघर युवाविहीन बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

“साठी प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषि क्षेत्रमा निर्भर छ, तर युवा रोजगारीको खोजीमा विदेशिँदा गाउँमा उत्पादन घट्दै गएको छ”, मन्त्री डा परियारले भन्नुभयो, “अब आफ्नै ठाउँमा कृषि उत्पादन बढाएर यही रोजगारी सिर्जना गर्नु हाम्रो सबैभन्दा ठूलो चुनौती हो । किसानलाई उत्पादनदेखि बजारीकरणसम्म सुरक्षित बनाउने, आधुनिक प्रविधिमा पहुँच बढाउने र कृषि क्षेत्रमा युवालाई आकर्षित गर्ने नीति सरकारले अघि बढाइरहेको छ ।”

मन्त्री डा परियारले देशको कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको महत्वपूर्ण योगदान रहेको भए पनि यो क्षेत्र विभिन्न समस्या र चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै भन्नुभयो, “स्वदेशी उत्पादनलाई संरक्षण नगरी आत्मनिर्भर अर्थतन्त्र निर्माण सम्भव हुँदैन् । त्यसैले आयात प्रतिस्थापन, उत्पादन लागत घटाउने र किसानले मेहनतको उचित मूल्य पाउने व्यवस्था गर्न सरकार प्रतिबद्ध छ ।”

कार्यक्रममा सहभागी स्थानीय अगुवा कृषकले भारतीय कृषि उत्पादनले नेपाली बजार ओगट्दा स्वदेशी किसान मारमा परेको गुनासो गरेका थिए ।

उनीहरूले नेपाली कृषिउपजको बजारीकरण, मूल्य सुनिश्चितता र किसानमैत्री नीति आवश्यक रहेको भन्दै मन्त्रीसमक्ष माग राखेका थिए । जेनजी युवाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि, युवा तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । रासस