४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

अपाङ्गमैत्री छैनन् स्थानीय सरकार

अपाङ्गमैत्री छैनन् स्थानीय सरकार
अ+ अ-

तानसेन । विगतको तुलनामा अपाङ्गता भएका व्यक्तिप्रति केही सकारात्मक सुधार भएको देखिए पनि अझै कयौंँ अपाङ्गता भएका व्यक्तिको पीडा उस्तै छ । शिक्षा, रोजगार दिने निकाय, सार्वजनिक यातायातका साधन, सार्वजनिकस्थल अपाङ्गताता अनकूलको नहुँदा अपाङ्गता भएका व्यक्तिले दिनहुँ समस्या सामना गर्नुपरेको छ । भौतिक संरचना अपाङ्गतामैत्री नहुँदा धेरैजसो अपाङ्गता भएका व्यक्तिले आफ्ना दैनिक क्रियाकलाप गर्नसमेत कठिनाइको सामना गर्नुपरेको हो । भौतिक संरचनाकै कारण उनीहरू शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता सेवाबाट विमुख छन् । बजार गएर कुनै सामग्री खरिद तथा बिक्री गर्न, यातायातका साधन प्रयोग गर्न समस्या पर्ने गरेको छ । कतिपय अपाङ्गता भएका व्यक्तिले त भौतिक अवरोधकै कारण सहर/बजारमा भाडामा कोठा पाउन नसकेको अवस्था छ ।

अपाङ्गतामैत्री भौतिक संरचनाको अभावमा राज्यले दिने सेवा–सुविधा पनि सहज रूपमा लिन पाएका छैनन् । स्थानीय सरकारका भवनसमेत अपाङ्गतामैत्री छैन । अधिकांश कार्यालय दुई/तीन तलाको रहेका र सरकारी सेवा सुविधा लिन तलमाथि गर्न नसक्दा सास्ती बेहोर्नु परेको अपाङ्गता भएका सेवाग्राहीको गुनासो छ । उनीहरूका अनुसार राज्यले सरकारी तथा सार्वजनिकस्थल, भवन तथा कार्यालय अपाङ्गतामैत्री हुनुपर्ने घोषणा गरेको एकदशक बिते पनि यहाँ भने कार्यान्वयन हुनसकेको छैन । जिल्लामा रहेका सरकारी कार्यालय अपाङ्तामैत्री नहुँदा कार्यालय प्रमुखलाई सिधँै भेटेर सरकारी सेवा सुविधाप्रतिको गुनासो राख्न नसकिएको अपाङ्गता हुनुभएकी तानसेन–६ की सुमित्रा कुमालले बताउनुभयो ।

“कार्यालय प्रमुख तथा नगरप्रमुख, उपप्रमुख बस्छन् दुई/तीन तलामाथि,” उहाँले भन्नुभयो, “भ¥याङ चढेर जान सकिँदैन । भूइँ तलामा कतिबेर कुरेर बस्नु रु हामी ह्विलचियर तथा बैसाखीको भरमा हिँड्नुपर्ने बाध्यता छ,” दुबै खुट्टा अशक्त भएकी उहाँले गुनासो गर्दै भन्नुभयो, “यहाँका सरकारी कार्यालयमा सानो सिफारिस लिन जाँदासमेत सहयोगी मान्छे लैजानुपर्छ ।” राज्यले हरेक सरकारी भवन अपाङ्गतामैत्री हुनुपर्ने भने पनि यहाँ यस्तो व्यवस्था नभएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । तानसेनकै प्रेम बुढाको सानैमा लडेर कम्मरबाट तल दुबै खुट्टा चल्दैनन् । उहाँ केही दिनअघि अपाङ्गता परिचयपत्र लिन तानसेन नगरपालिकामा पुग्नुभयो ।

ह्वीलचियरको सहारामा हिँड्नुपर्ने उहाँलाई दाइले बोकेर कार्यालय प्रमुखसम्म पु¥याउनुभएको थियो । काम सकेर बाहिर आउँदा पनि उहाँलाई बोकेर ल्याइयो तर घरसम्म भने दाइले नै गाडीमा राखेर पु¥याउनुभयो । “दैलौमै सिंहदरबार आयो भन्छन्, सजिलै सेवा पाइन्छ भन्थे”, बुढाले भन्नुभयो, “हाम्रा लागि त केही पनि आएन, नगरपालिकामा सेवा लिन जाँदा धेरै कष्ट पार गर्नुपर्छ ।” स्थानीय सरकारमा जनप्रतिनिधि आए पनि आफूहरु जस्ता अपाङ्गता भएकाहरुका लागि सहजै सेवा पाउने अवस्था नभएको उहाँको गुनासो छ । कार्यालयमा गएर नगर प्रमुखलाई भेट्न पनि अरुको बुई चढेर जानुपर्ने बाध्यता रहेको उहाँले रासससँगको कुराकानीमा दुःखेसो पोख्नुभयो ।

यस्तै रिब्दीकोट गाउँपालिकाका–४ रानीठाटीका गकुलसिंह कुँबरका पनि दुई वटै खुट्टा चल्दैनन् । दश वर्षअघि रुखबाट लडेर उहाँ शारीरिक अपाङ्गता हुनुभएको थियो । सरकारी सेवा लिन कार्यालयमा जाँदा होस् वा सवारी साधानमा यात्रा गर्दा धेरै समस्या झेल्नुपरेको उहाँ गुनासो गर्नुहुन्छ । अपाङ्गताको पीडा अपाङ्गताले नै बुझ्छन् र यसका लागि आवाज आफैँले उठाउनुपर्ने उहाँले बताउनुभयो । कुँबरले भन्नुभयो, “सम्बन्धित निकायमा बारम्बार ढोका ढक्ढकाउँदा पनि अपाङ्गतामैत्री संरचना निर्माण हुनुपर्ने र गाडीमा यात्रा गर्दा सहज गरिदिनुपर्ने मागको सुनवाइ हुँदैन । बोल्न सक्नेको त केही कुरा सुनिँदैन भने निमुखाहरू अझ कति पीडित होलान् ?” अपाङ्गताका लागि पहुँचयुक्त भौतिक संरचना बनाउनुपर्छ भन्ने नियम तथा निर्णय पनि गरिन्छन् तर ती कार्यान्वयन नभइ कागजमै सीमित हुने गरेको उहाँले बताउनुभयो ।

उहाँले मानिसबाटै आफूहरु अपमानित हुनुपरेकोसमेत गुनासो गर्नुभयो । जिल्लामा निकै कम स्थानमा मात्र सार्वजनिक शौचालय छन् । अझ त्यसमाथि पनि अपाङ्गतामैत्री शौचालय भेट्न त निकै मुस्किल छ । “शौचालयकै कारण घरबाहिर निस्किनै नपरे हुन्थ्यो जस्तो लाग्छ । घरबाहिर निस्किनुपर्नासाथ शौचालयको समस्यालाई सम्झन्छु” तानसेनका मनोज केसीले भन्नुभयो “सदरमुकाम तानसेनमै सार्वजनिक शौचालय भेट्नै मुस्किल छ । भेटिए पनि अपाङ्गतामैत्री छैनन् । त्यसैले घर नपुञ्जेलसम्म दिसापिसाब लागे रोक्ने बाहेक अन्य उपाय छैन ।”सीमित स्रोतसाधनबाटै सरकारी सेवा अपाङ्गतामैत्री रूपमा प्रदान गर्न सकिने भए पनि सरकारले संवेदनशीलता नदेखाएको दृष्टिविहीन शिक्षक तथा सिर्जनशील अपाङ्गता स्वावलम्बन केन्द्रका अध्यक्ष सन्दीप भट्टराईको भनाइ छ । “हामीले उठाएका यी विषय बहसको मात्रै बन्नु अपाङ्ताप्रति राज्यको विभेद् हो”, उहाँले गुनासो गर्नुभयो ।

सार्वजनिक संरचना र स्थानीय सरकार अपाङ्गतामैत्री नहुँदा सेवा लिन जाँदा अपाङ्गता भएकाले सास्ती खेप्नुपरेको भट्टराईले बताउनुभयो । उहाँले स्थानीय सबलीकरण परियोजना अन्तर्गतका कार्यक्रममा नगरपालिकालाई पटक–पटक अपाङ्गतामैत्री सेवा प्रवाह गर्न आग्रह गरे पनि कार्यन्वयन नगरेको गुनासो गर्नुभयो । भट्टराईले आफू कयौँपटक नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा पुग्न सास्ती खेप्नु परेकोसमेत बताउनुभयो ।आवाज उठ्न थालेको वर्षौँं भइसक्दा पनि पाल्पाका स्थानीय सरकारले अपाङ्गतामैत्री भौतिक संरचना अझै तयार गर्न सकेका छैनन् । उनीहरुले स्रोतसाधनको अभाव देखाउँदै सेवा प्रवाहमा बेवास्ता गरेका हुन् । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले नगरपालिकाले अपाङ्गतामैत्री संरचना बनाउन नसकेको स्वीकार गर्नुभयो । उहाँले लिफ्ट राख्ने योजना बनाए पनि पुरानो भवन भएकाले सफल नहुने अवस्था आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुराना संरचनालाई अहिले तत्काल बनाउन सकिने अवस्था छैन तर नयाँ बन्ने संरचना अपाङ्गतामैत्री बनाउने गरेका छौँ । ”नयाँ संरचना निर्माण गरिएको रामपुर नगरपालिकामा पनि उस्तै सकस छ । रम्भा गाउँपालिका, निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिकामा पनि अपाङ्गता भएकालाई कार्यालय प्रमुख, जनप्रतिनिधि भेट्नसक्ने अवस्था छैन । अधिकांशका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीयको कक्ष दोस्रो तल्लामा छ । बगनासकाली गाउँपालिका र पूर्वखोला गाउँपालिका (दुवैको नयाँ भवन बनेपछि)भने लिफ्टको व्यवस्था छ । लिफ्ट नै भए पनि अपाङ्गता भएकाहरूका लागि अपाङ्गतामैत्री संरचना नभएपछि भेट्न जान समस्या हुने गरेको अपाङ्गता भएकाहरुको गुनासो छ ।

सरकारले २०६० सालमा अपाङ्गतामैत्री भवन निर्माण आचारसंहिता जारी गरेको थियो । २०६९ सालमा ‘भौतिक संरचना र सञ्चार निर्देशिका’ बनेको थियो । आचारसंहिता र निर्देशिकामा त्यसयता बन्ने सरकारी तथा सार्वजनिक भवनमा ढोका, भ¥याङ, शौचालय तथा सेवा सुविधा प्रदान गर्नेस्थल अनिवार्य रूपमा अपाङ्गतामैत्री हुनुपर्ने व्यवस्था छ । तर, आचारसंहिता जारी भएयता मात्रै जिल्लामा एक दर्जनभन्दा बढी सरकारी भवन बनेका छन् । ती भवन कुनैमा पनि यस्तो व्यवस्था छैन । आगामी दिनमा सरकारी तथा गैरसरकारी निकायले सरकारले बनाएको निर्देशिकाअनुसार काम गर्नु जरुरी छ । सोही अनुरुप सरकारी तथा गैरसरकारी क्षेत्रका भवन अपाङ्ता मैत्री बनाउन आवश्यक छ । साथै ह्विलचियर प्रयोगकर्ताका लागि ¥याम्प, लिफ्ट, बहिरा व्यक्तिका लागि सङ्केत चिन्ह, दृष्टिविहीन व्यक्तिका लगि ब्रेललिपि तथा ध्वनिका माध्यमबाट जानकारी तथा सूचना दिने व्यवस्था गरेमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि सहजता हुने थियो । यसका लागि नेपाल सरकार तथा सरोकारवालाले अपाङ्गता भएका व्यक्तिका अधिकारका लागि बनेका नीति–नियमका आधारमा भौतिक संरचनाको निर्माण गरेमा मात्र अपाङ्गता भएका व्यक्तिले अपाङ्गतामैत्री भौतिक संरचनाको अभावमा विविध कठिनाइको सामना गर्नुपर्ने थिएन । रासस