१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई अलोकप्रिय बनाउन थुप्रै ‘रियाक्सनल इलिमेन्टहरु’ लागि परे: प्रधानमन्त्री



अ+ अ-

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा भ्रम छर्न र सरकारलाई अलोकप्रिय बनाउन थुप्रै ‘रियाक्सनल इलिमेन्टहरु’ लागि परेको बताएका छन् । गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेशस्तरिय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘संसदमा हामी छलफलका लागि विधेयक प्रस्तुत गर्छौं छलफल गर्न संसदमा त छन नी विरोधीहरु, विपक्षिहरु त्यहाँ छलफल गरे हुन्छ नी’, उनले भने ।

संसदमा पनि पर्याप्त कुरा नै नभएजस्तो गरी जनतामा भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउन ‘रियाक्सनल इलिमेन्टहरु’ थुप्रै रहेको बताए । उनले भने, ‘जनतामा भ्रम छर्न, सरकारलाई आलोकप्रिय बनाउन र यस्ता कुराहरुलाई साथ दिने, सहयोग गर्ने रियाक्सनल इलिमेन्टेस थुप्रै छन्, जसले यस्ता कुराहरुलाई मद्दत गरेका छन, बोकेका छन, उठाएका छन्, र सहयोग गरेका छन, कराएका छन, हिंडेका छन् ।’

देशलाई आवश्यक पर्ने र जनताले पत्याउने सहि नीतिहरु नभइ विगतमा बलिदानपूर्ण संघर्ष गरेका थियौँ भनेर मात्रै जनसमर्थन प्राप्त नहुने प्रधानमन्त्री ओलीले बताए । उनले सरकारले गरेका कामहरु देखेर विरोधीहरु आत्तिएको समेत बताउनुभएको छ ।

सरकारले दुरगामी महत्वका साथ असाधारण कामहरु गर्न थालेको उल्लेख गर्दै ओलीले तत्कालिन अवस्थामा पनि समाजलाई आवश्यक रहेको नीति, कार्यक्रम तथा योजनाहरु अगाडी बढाइएको बताए । उनले पार्टी र देशको निर्माण भबितव्यले नबन्ने समेत बताएका छन् । निर्वाचनमा भवितव्यले जनताको अभिमत प्राप्त नगरेको ओलीको भनाई छ ।