४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह

१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह
अ+ अ-

काठमाडौँ । काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताउनुभएको छ ।

काठमाडौं महानगरपालिकाले सोमवार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उहाले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताउनुभएको हो ।

उहाँले आफूहरु निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको २ सय ८ रोपनी बढी सार्वजानिक जग्गा फिर्ता गरेको जानकारी दिनुभयो । सार्वजानिक जग्गा फिर्ता ल्याउने कार्यमा सबैको सहयोग रहने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । उहाँले महानगरले दुई अर्ब ८६ करोड रुपैयाँ बराबरको पुर्वाधार योजना सम्पन्न गरेको पनि जानाकारी दिनुभयो । धुलोरहित कार्यक्रम अन्र्तगत ५५ वटा सडक सुधार र ६२ वटा चोकमा हाई मास लाईट जडान गरिएको उहाँले बताउनु भयो । सडकबत्तिको गुणस्तर वृद्धि गर्न र रात्रिकालिन शहरी सौन्दर्य बढाउन ५ हजार तीन सय १८ वटा पोलमा १३ हजार ३ सय ४० वटा बत्ति राखेर शहरलाई उज्यालो बनाउन लागिएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले महानगरले करिव ९१ करोड लागत बराबरको सम्पदा संरक्षण काम गरिएको पनि बताउनुभयो । महानगरले १ हजार ८६ जना विपन्न नागरिकलाई उपचार गर्न सिफारिस गरेको र २१० जनालाई निःशुल्क उपाचार गरिएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी काठमाडौं महानगरमा आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको २०८ रोपनी भन्दा धेरै सार्वजानिक जग्गा फिर्ता गरिसकेका छौँ । हाम्रो लक्ष्य करिव दुई खर्ब मूल्य बराबरको १ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने रहेको छ । यस कार्यमा सबैबाट साथ र सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा राखेका छौँ । गएको वर्ष हामीले करिव दुई अर्ब ८६ करोड रुपैयाँ बराबरको पूर्वाधार योजना सम्पन्न गरेका थियौँ । करिव ९१ करोड लागत बराबरको सम्पदा संरक्षण काम गर्न यसबाट २७६ मूर्तसम्बन्धी सम्पदासम्बन्धी आयोजना र १२५ वटा अमूर्त सम्पदासम्बन्धि कार्यक्रम सञ्चालन भए ।’ 

उहाँले महानगरले चालु खर्च कम र पुँजीगत खर्च बढी गर्नेगरि काम गरिरहेको पनि जानकारी दिनुभयो । महानगरले वातावरण सुधार, धुलोरहित सडक, फोहोर व्यवस्थापन, व्यवस्थित र उज्यालो शहर निर्माणलाई विशेष प्राथमिकतामा राखेर कार्य गरिरहेको उहाँको भनाई छ ।