२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण



अ+ अ-

तनहुँ। मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा निर्माणाधीन चार लेनको पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निरीक्षण गर्नुभएको छ ।

सो अवसरमा उहाँले यहाँ निर्माण हुँदै गरेको चार लेनको पुल पर्यटकीय हिसाबले आकर्षण रहेको भन्दै पर्यटकलाई यसले लोभ्याउने चर्चा गर्नुभयो । मुग्लिन पोखरा सडकखण्ड निर्माणको अन्तिम चरणमा रहेको भन्दै उहाँले यसले काठमाडौँ र पोखरालाई दुरीका हिसाबले नजिकबाट जोड्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “मुग्लिन–पोखरा सडकको पहिलो खण्ड सम्पन्न भइसकेको छ, केही काम बाँकी छ । यसले ठूलो परिवर्तन ल्याउँछ भन्ने मलाई लाग्छ । मुग्लिनदेखि काठमाडाँैसम्मको काम विश्व बैंकको सहयोगमा भइरहेको छ ।” यसैबीच मन्त्री घिसिङले समयमै काम गर्ने निर्माण व्यवसायीलाई पुरस्कार र नगर्नेलाई दण्ड जरिवाना गरिने बताउनुभयो ।

सडक डिभिजन कार्यालय दमौलीमा आज आयोजित विभिन्न पालिकाका स्थानीय एवं जनप्रतिनिधिसँगको भेटघाटमा बोल्नुहुँदै मन्त्री घिसिङले निर्माण व्यवसायीले समयमै काम नगर्दा देश विकासमा पछाडि परेको उल्लेख गर्नुभयो ।

निर्माण व्यवसायीबाट काम नहुँदा देश उनीहरुको कब्जामा गए जस्तो भइरहेको बताउँदै मन्त्री घिसिङले भन्नुभयो, “कुनै पनि निर्माण व्यवसायीले काम गर्दैन भने उनीहरुलाई कारबाही गर्छौँ ।”

मन्त्री घिसिङले विभिन्न २०० बढी सडक आयोजना सडक विभागले ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । तनहुँको घुमाउने पुल विगत ११ वर्षदेखि अलपत्र रहेको जनाउँदै उहाँले एक महिनाभित्र काम सुरु नगरे त्यो योजना पनि रद्द गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “काम समयमा गरेको भए देश विकास भइसक्ने थियो, काम नगर्दा देश विकासमा पछाडि परेको छ ।”

व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, बन्दीपुर गाउँपालिका, भानु नगरपालिकाका जनप्रतिनिधिले त्यस क्षेत्रका विकास निर्माणकास सन्दर्भमा मन्त्री घिसिङ समक्ष ज्ञापनपत्र बुझाउनुभएको थियो । रासस




भर्खरै