२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक



अ+ अ-

काठमाडौं । गृह मन्त्री ओमप्रकाश अर्याल तथा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आज अमर प्रहरी प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवार सँग भेटघाट गर्नुभएको छ ।

प्रहरी प्रभाग कोटेश्वर, काठमाण्डौमा कार्यरत रहनुभएको गुरुङले गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा अमरत्व प्राप्त गर्नुभएको थियो ।

सो भेटघाटका क्रममा गृहमन्त्री अर्यालले मृतकका परिवारलाई सान्त्वना दिदैँ प्रहरी संगठन र राष्ट्रका लागि प्राण उत्सर्ग गर्नुहुने वीर सपुतको अभिभावक हुनुमा गर्व गर्नुपर्ने बताउनुभएको थियो भने प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संगठनले गुरुङको बलिदान कदापी नबिर्सने प्रतिज्ञा व्यक्त गर्नुभयो ।

जेन-जी आन्दोलनको क्रममा अमरत्व प्राप्त गर्नुभएका जिल्ला कास्की, रुपा गाउँपालिका-५, रामदी घर भएका गुरुङको जन्म वि.सं २०५२ साल पौष १० गते भएको थियो भने वहाँ २०७० साल असोज १५ गते देखिबाट नेपाल प्रहरी संगठनमा आवद्ध हुनुहुनथ्यो ।

सो भेटघाटमा गृह सचिव रामेश्वर दंगाल, गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज धिमिरे तथा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा समेत सहभागी हुनुहुन्थ्यो ।




भर्खरै