२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हराउँदै परम्परागत पञ्चेबाजा बजाउने चलन



अ+ अ-

भोजपुर । आधुनिक बाजाको आगमनसँगै परम्परागत रूपमा बजाइने नेपालको लोकसंस्कार र संस्कृतिको पहिचान बोकेका पञ्चेबाजा बजाउने चलन हराउँदै गएको छ । पुस्तान्तरणको अभाव, बजाउने सीप भएकाको कमी र आधुनिक बाजाप्रतिको आकर्षण बढ्दा मौलिक परम्परा सङ्कटमा परेको स्थानीयको बुझाइ छ ।

स्थानीय नीरबहादुर परियारले बजारमा आधुनिक बाजाको सहज पहुँचसँगै विवाह, व्रतबन्ध तथा विभिन्न सांस्कृतिक समारोहमा बजाइने पञ्चेबाजाको प्रयोग घट्दै गएको बताउनुभयो । पञ्चेबाजामा नरसिंहा, दमाहा, सनाई, टेम्पुलो र झ्याम्टा गरी पाँच वाद्ययन्त्रको प्रयोग हुने गर्छ । हाल गाउँघरमा यस्ता वाद्य तथा बजाउने सीप भएका व्यक्तिहरू पाउनै कठिन भएको उहाँको भनाइ छ ।

परियारले भन्नुभयो,“पहिले हरेक कार्यक्रममा पञ्चेबाजाको धुन गुन्जिन्थ्यो, तर अचेल आधुनिक डिजे बाजाले ठाउँ ओगटेपछि परम्परागत बाजा बजाउने चलन हराउँदै गएको छ ।”

नेपालकै मौलिकता झल्काउने पञ्चेबाजा सीमित जाति समुदायमा मात्र केन्द्रित हुँदा यसले संरक्षणको जोखिम थपेको स्थानीय बद्रीप्रसाद अधिकारीले बताउनुभयो । पञ्चेबाजाको संरक्षणका लागि राज्यले प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ ।

“विगतमा विशेष जातिमा मात्र बाजा बजाउने सीप सीमित गरियो, यो सीपलाई अन्य समुदायमा पनि हस्तान्तरण गर्नसके बाजाको प्रयोग बढ्ने र लोप हुने अवस्था हट्ने थियो । अब यसको संरक्षणमा प्रदेश र स्थानीय सरकार दुवैले ध्यान दिन जरुरी छ”, आचार्यले भन्नुभयो । रासस