१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि
अ अ+ अ-

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपील) को उपाधि लुम्बिनी लायन्सले जितेको छ ।

भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी पहिलोपटक च्याम्पियन बनेको हो । गत सिजनको उपविजेता सुदूरपश्चिम यो पटक पनि उपविजेता मै सिमित रह्यो ।

८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

लुम्बिनीलाई उपाधि दिलाउन दिनेश अधिकारीले ४२ रनको विस्फोटक पारी खेले । १३ बल खेलेका उनले ५ छक्का र १ चौका प्रहार गरे । यस्तै, डार्सी शर्टले १४ रन बनाउँदा कप्तान रोहित पौडेलले १६ रन जोडे ।

वलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले दुई विकेट लिए । अविनाश बोहरा र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिम १९.१ ओभरमा अलआउट भयो ।

उसका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाउँदा कप्तान दिपेन्द्र सिंह ऐरीले १३ रन जोडे । यस्तै, विनोद भण्डारी, दीपक बोहरा र पुनित मेहराले खाता समेत नखोली शून्य रनमै पभेलियन फर्किए । हरमित सिंहले १०, स्कट कुगलाइनले १०, शेल्डन ज्याकसनले १, आरिफ शेखले ६ रनमात्रै बनाए ।

वलिङतर्फ लुम्बिनीका रोहित पौडेलले ह्याट्रिकसहित तीन शेर मल्लले र रुवेन ट्रम्पलमानले तीन तीन विकेट लिँदा तिलक भण्डारीले एक विकेट लिए ।

विजेता लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेता सुदूरपश्चिमले ५१ लाखमै चित्त बुझायो ।

मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टोलिले सहभागिता जनाएका थिए । अघिल्लो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

तस्बिरः किरणराज विष्ट/रासस