१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा भालु आक्रमण तिव्र



फाइल फोटो
अ+ अ-

टोकियो। जापानको “स्की” रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ ।

गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ ।

नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई उदृत गर्दै एएफपीले “आइतवार दुईवटा स्थानमा भालु देखिएको रिपोर्ट प्राप्त गरे देखि हरेक दिन भालुहरूको खुट्टाको छाप छ कि छैन भनेर जाँच गर्न गस्ती गरिरहेको जनाएको छ ।

भालुहरू सामान्यतया जाडोमा सुरक्षित स्थानमा लुक्ने गरेकोमा यस महिनाको सुरुमा भने यस क्षेत्रमा एक व्यक्तिलाई आफ्नै घर नजिकै हिउँ सफा गर्दा आक्रमण गरेको जनाइएको छ ।

जापान सरकारले आक्रमणमा भएको वृद्धिलाई सामना गर्न थप सतर्कता अपनाइरहेको छ, भने वैज्ञानिकहरूले घट्दो मानव जनसङ्ख्या र द्रुत गतिमा बढिरहेको भालुहरूको सङ्ख्याले आक्रमण बढी रहेको बताएका छन् । रासस