७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा

हङकङ आगलागीमा मृत्यु सङ्ख्या १६० पुग्यो

हङकङ आगलागीमा मृत्यु सङ्ख्या १६० पुग्यो
अ+ अ-

हङकङ। हङकङमा दशकौँयताकै सबैभन्दा भीषण आगलागीमा मृत्यु हुनेको सङ्ख्या १६० पुगेको छ । मङ्गलबार प्रहरीले एक अतिरिक्त शवको पहिचान भएपछि मृतक सङ्ख्या बढेको पुष्टि गरेको हो । यस घटनामा अझै ६ जना बेपत्ता रहेका छन् ।

गत महिनाको अन्त्यतिर आवासीय भवनमा लागेको आगलागी १९८० यताकै विश्वकै सबैभन्दा घातक आवासीय भवन आगलागी ठहरिएको छ । प्रभावित भवनहरूमा गरिएको खोजतलास सकिएपछि अधिकारीहरूले अघिल्लो हप्ता १५९ जनाको मृत्यु भएको बताएका थिए ।

प्रहरी आयुक्त जो चाउका अनुसार, पहिले सङ्कलन गरिएको एउटा अवशेषमा थप परीक्षण हुँदा त्यसमा दुई व्यक्तिका अवशेष रहेको पुष्टि भएपछि मृतक सङ्ख्या १६० पुगेको हो ।

१६० मृतकमध्ये १२० जनाको पहिचान डीएनए तथा फिङ्गरप्रिन्ट परीक्षणमार्फत भइसकेको छ । बाँसको बाहिरी संरचनाले ढाकिएका भवनहरूमा आगो अत्यधिक तीव्रतामा फैलिएको थियो ।

प्रहरीको क्याजुअल्टी इन्क्वायरी युनिट प्रमुख त्साङ शुक–यिनका अनुसार ६ जना अझै बेपत्ता छन् ।

हङ्कङका प्रमुख कार्यकारी जोन लीले यस घटनाबारे छानबिन गर्न न्यायाधीशको नेतृत्वमा ‘स्वतन्त्र समिति’ गठन गर्ने घोषणा गरेका छन् । रासस