२१ आश्विन २०८१, सोमबार
,
Latest
‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिवर्टी इनर्जीले साधारण शेयर बिक्री गर्ने



अ+ अ-

काठमाडौं । लिवर्टी इनर्जीले आयोजना प्रभावितलाई पहिलो चरणमा रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी साधारण शेयर बिक्री गर्न लागेको जानकारी दिएको हो ।

प्रकाशित विवरणअनुसार कम्पनीले पहिलो चरणमा लमजुङका आयोजना प्रभावितका लागि १५ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर यही फागुन २७ गतेदेखि बिक्री गरिनेछ । आयोजना प्रभावितलाई छुट्याइएको १० प्रतिशत शेयर बिक्री गर्न लागिएको हो ।

प्रतिकित्ता रु १०० का दरले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने विवरणमा समावेश छ । यस्तै दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणलाई रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर बिक्री गर्ने जनाएको छ ।

इक्रा नेपालले गरेको रेटिङमा कम्पनीको शेयरले ‘इक्रा एनपी ग्रेड ४’ पाएको छ । कम्पनीले कूल २५ मेगावाट क्षमताको दोर्दी ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि आयोजनाले व्यावासायिक विद्युत् उत्पादन गर्ने जनाएको छ ।