५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राजेन्द्र लिङदेनको प्रश्तावः राजा, राजनीति दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं

राजेन्द्र लिङदेनको प्रश्तावः राजा, राजनीति दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकलाई संकटबाट जोगाउन राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच समझदारी नयाँ समझदारी हुनुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचनअघि नै राजा, राजनीतिक दल र जेनसी पुस्ताबीच सर्वपक्षीय सम्मेलन गरेर मुलुकलाई निकास दिने कामको नेतृत्व गर्न समेत आग्रह गर्नुभयो । उहाँले यथास्थितिमा निर्वाचन भए मुलुकमा झनै विद्रोहको आगो बल्ने चेतावनी समेत दिनुभयो । मुलुक भूराजनीतिको गम्भिर चक्रव्यूहमा फसेको जिकिर गर्दै अध्यक्ष लिङदेनले यस्तो अवस्थामा निर्वाचन भए देशले झनै ठूलो ध्वंस व्यहोर्नुपर्ने अवस्था आउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘म फेरि पनि भन्छु–यो समस्याको समाधान होइन । फागुन २१ गते अथवा यही व्यवस्था अन्तर्गत निर्वाचन गर्नु भनेको समस्यालाई अलि परतिर धकेल्ने कुरा मात्र हो । यो समस्याको समाधान होइन । यो भन्दा ठूलो ध्वस देशले व्यहोर्नुपर्ने हुनसक्छ । आज हामीले आवरणमा देखिएको मुद्दा र समस्या मात्रै होइन, आज जनताले महशुस गर्नेगरी देशको राज्य शक्तिको अवस्था के छ । र हामीले बारम्बार भन्दै आईरहेका छाँै–नेपाली जनताको निर्णायकत्व नेपाली जनताको हातमा हुनपर्दछ । नेपाल भूराजनीतिको चक्रव्यूहमा फस्ने खतरा छ । त्यसबाट बच्न राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डाअनुसार अघि बढ्नुपर्दछ भनेर हामीले भन्दै आएका थियौ ।’

‘अहिले प्रमाणित भयो, थाहा भयो कि भूराजनीतिको चक्रव्युहमा कुन ढंगले फसेको रहेछ ? अहिले नेपाल भूराजनीतिको गम्भिर चक्रव्यूहमा फसेको छ । त्यसकारण यो सबैबाट देशलाई निकास दिनका लागि चुनाव भन्दा अगाडि नै राजा, राजनीतिक दल र अहिले आन्दोलनले स्थापित गरेको शक्ति जेनजी नयाँ समझदारी कायम गरेर मात्रै अगाडि जानुपर्दछ । चुनावअघि नै यो नविन  समझदारी गरेर देशलाई निकास दिनुपर्दछ । राजा भनेको राष्ट्रिय एकताको प्रतिक हो । राजनीतिक दल भनेको लोकतन्त्र प्रजातन्त्रसँग सम्वद्ध र जेनजी पुस्ता भनेको हाम्रो भविष्य । यो तीन वटा शक्तिको समझदारीबाट देशलाई निकास दिनुपर्छ । त्यसैले म वर्तमान प्रधानमन्त्रीलाई यहीबाट आग्ह गर्न चाहन्छु–तपाई यति ठूलो रक्तपातपछि प्रधानमन्त्री बन्नु भएको छ । तपाई यो मध्यावधि चुनाव गर्नका लागि मात्रै प्रधानमन्त्री बन्नु भएको होइन । त्यसकारण राजा, राजनीतिक दल, जेनजी पुस्ताको सर्वपक्षीय सम्मेलनको आयोजना गर्नुस । र देशलाई निकास दिने कामको नेतृत्व गर्नुहोस् ।’

अध्यक्ष लिङदेनले राजा मुलुकको राष्ट्रिय एकताको प्रतिक भएकाले त्यसको अनिवार्य आवश्यकता  मुलुकलाई भएको पनि दोहो¥याउनु भयो ।