७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै
अ+ अ-

किएभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव नपढेको आरोप लगाएपछि युक्रेनी नेता भोलोदिमिर जेलेन्स्की र युरोपेली सहयोगीहरूले सोमबार लन्डनमा वार्ता गर्ने तयारी गरेका छन्।

मियामीमा युक्रेनी र अमेरिकी अधिकारीहरूबीच केही दिनदेखि भएको वार्ता शनिबार कुनै स्पष्ट सहमतिविना सकिएपछि यो छलफल भएको हो । वार्ताको अन्त्यमा जेलेन्स्कीले थप वार्ताका लागि प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

वार्तासँग परिचित एक अधिकारीले सोमबार एएफपीसँग भने, “करिब चार वर्ष लामो रूस–युक्रेन युद्ध अन्त्य गर्ने वार्तामा क्षेत्र अझै पनि ‘सबैभन्दा समस्याग्रस्त मुद्दा’ हो।” राष्ट्रपति जेलेन्स्कीलाई बेलायती प्रधानमन्त्री केइर स्टार्मर, जर्मन चान्सलर फ्रेडरिक मर्ज र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले लन्डनमा स्वागत गर्नुहुनेछ ।

स्टार्मरले भने, “उहाँले जेलेन्स्कीलाई ट्रम्प प्रशासनको नेतृत्वमा सम्झौता स्वीकार गर्न दबाब दिनुहुनेछैन । म राष्ट्रपतिलाई दबाब दिनेछैन ।”

उनले भने, “सबैभन्दा महत्त्वपूर्ण कुरा यो सुनिश्चित गर्नु हो कि यदि शत्रुताको अन्त्य हुन्छ भने, र म आशा गर्दछु कि यो न्यायपूर्ण हुनुपर्दछ र यो स्थायी हुनुपर्दछ, हामी आज ९सोमबार० दिउँसो छलफलमा केन्द्रित हुनेछौँ ।”

बेलायती विदेशमन्त्री यभेट कुपरले अमेरिकी समकक्षी मार्को रुबियोसँग सोमबार वासिङ्टन जाने कार्यक्रम रहेको छ । युक्रेनी अधिकारीहरूका अनुसार मस्कोले आफ्नो छिमेकीमाथि आक्रमण जारी राखेको छ, जसमा आइतबारदेखि सोमबारसम्म कम्तिमा नौ जना घाइते भएका छन्।

जेलेन्स्कीले मियामी वार्ताका क्रममा अमेरिकी दूत स्टिभ विटकोफ र जारेड कुश्नरसँग ‘धेरै ठोस र रचनात्मक’ कुराकानीका लागि आफ्ना वार्ताकारहरूसँग सामेल भएको बताउनुभएको थियो । जेलेन्स्कीले सामाजिक सञ्जाल टेलिग्राममा भनेका छने, “युक्रेन वास्तविक शान्ति ल्याउनका लागि अमेरिकी पक्षसँग इमान्दारीपूर्वक काम गर्न प्रतिबद्ध छ।”

ट्रम्पले आइतबार आफ्ना युक्रेनी समकक्षीको आलोचना गर्दै केही घण्टा अघि एक पत्रकार सम्मेलनमा भने, “मैले भन्नैपर्छ कि राष्ट्रपति जेलेन्स्कीले अझै प्रस्ताव नपढेकोमा म अलि निराश छु।”

विटकोफ र कुश्नरले गत हप्ता क्रेमलिनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए । सोमबारको वार्ताअघि फ्रान्सका राष्ट्रपति म्याक्रोँले रूसको ‘बढ्दो प्रभाव’ को आलोचना गर्नुभएको थियो । उनले एक्समा लेख्नुभएको छ, “हामी युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्न अमेरिकीहरूसँग यी प्रयासहरू जारी राख्नेछौँ, यो बिना कुनै बलियो र दिगो शान्ति सम्भव छैन। हामीले रूसलाई शान्ति छनौट गर्न बाध्य पार्न दबाब जारी राखेका छन् ।

लगभग चार वर्षको युद्धको अन्त्य गर्ने वाशिङ्गटनको प्रारम्भिक योजनामा रुसले युद्धको मैदानमा जित्न नसकेको भूमि पनि त्याग्नु (आत्मसमर्पण गर्नु) समावेश रहेको छ जुन सुरक्षा प्रतिज्ञाहरूको बदलामा नाटोमा सामेल हुने किएभको आकाङ्क्षाभन्दा कम छ।

युक्रेनले प्राप्त गर्न सक्ने सुरक्षा ग्यारेन्टीको प्रकृति अहिलेसम्म किएभको रक्षा गर्न जेटहरू पोल्याण्डमा रहनसक्ने प्रारम्भिक योजनाभन्दा बाहिर अनिश्चिततामा डुबेको छ । ट्रम्पले जनवरीमा कार्यालय फर्केदेखि युक्रेनलाई फकाउने र हप्काउने नीति लिँदै आएका छन् । उनले सुरुमा जेलेन्स्कीलाई अमेरिकी समर्थनको लागि कृतज्ञ नभएकोमा आलोचना गरेका थिए ।

अलास्कामा शिखर सम्मेलन सहितरूसी नेता पुटिनलाई युद्ध अन्त्य गर्न मनाउने ट्रम्पको प्रयासले परिणाम दिन असफल भएको छ र उनले हालै रूसी तेल कम्पनीहरूमाथि प्रतिबन्ध लगाउनुभएको छ। योजना सफल नहुँदा ट्रम्प पनि निराश भएको देखिन्छ।

“अमेरिकीहरूले युद्धविराम र शान्ति योजना ‘तत्काल’ गर्नुपर्ने जस्ता दबाब दिइरहेका छन् तर युक्रेन र उसका युरोपेली सहयोगी सावैभौमिकतामाथि आँच आउने प्रस्तावमा सहमत हुन नसक्ने बताउँदैँदा ट्रम्प पनि निराश भएको देखिन्छ।

“अमेरिकीहरूले युद्धविराम र शान्ति योजना ‘तत्काल’ गर्नुपर्ने जस्ता दबाब दिइरहेका छन् तर युक्रेन र उसका युरोपेली सहयोगी सावैभौमिकतामाथि आँच आउने प्रस्तावमा सहमत हुन नसक्ने बताउँदै आएका छन्,” वार्ताबारे जानकार एक अधिकारीले भने । (रासस/एएफपी)