काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथी जुत्ता प्रहार पक्राउ भएका छन् । आइतबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा प्रचण्डमाथी जुत्ता प्रहार गर्दा जुम्लाका रतन तिरूवा पक्राउ परेका हुन्।
भरतमोहन अधिकारी स्मृति फाउण्डेशनको प्रथम स्मृति सभा सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै तिरूवाले जुत्ता प्रहार गरेपनि प्रचण्डलाई जुत्ता लागेन। भाषण सकेर पोडियमबाट फर्कंदै गरेका प्रचण्डलाई तिरूवाले दर्शकदीर्घाबाट जुत्ता हानेका थिए।
उनलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले उनीमाथि अनुसन्धान सुरू गरेको छ।