११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलमा पनि कोरोना भाइरस संक्रमणको परीक्षण सुरु, पूर्वराजा ज्ञानेन्द्र दम्पतिको पनि परीक्षण भयो



अ+ अ-

काठमाडौँ । कोरोना भाइरसको संक्रमण अत्याधिक रुपमा बढ्न थालेपछि त्रिभुवन विमानस्थलमा पनि कोरोना भाइरस संक्रमणको परीक्षण सुरु गरिएको छ । आइतबार रातिदेखि कोरोनाको संक्रमणको परिक्षण सुरु गरिएको हो ।

संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले ट्विट मार्फत छोटो भिडियो राख्दै परीक्षण सुरु भएको जानकारी दिएका छन ।

दुई सातादेखि भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाह आइतबार स्वदेश फर्किने क्रममा उनीहरुको पनि कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको हो । स्वास्थ्य परीक्षणमा उनको शरीरको तापक्रम सामान्य रहेको पाइएको छ ।