२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी



अ+ अ-

कठमाडौं, मंसिर २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न आग्रह गर्नुभएको छ ।

शनिबार नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि नवयुग ई-बुलेटिन शुभारम्भ गर्दै ओलीले आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न चेतावनी दिनुभयो ।

‘फेरी पनि आगो लगाएर सरकार बनाउने ? फेरी पनि आगोकै भरमा सरकार बन्छ ? पार्टीहरूकै सरकार बन्छ’, उहाँले भन्नुभयो ।

ओली यस पटकको महाधिवेशन एमाले विरुद्धको चौतर्फी घेराबन्दि तोड्ने र एमाले फेरि अघि बढ्ने बताउनुभयो । एमालेलाई द्वापर युगका बालक अभिमन्युलाई जस्तो एकैसाथ घेरेर चक्क्रब्युहमा पारौँला भन्ने नसोच्न उहाँले आग्रह गर्नुभयो । ‘एमाले अभिमन्युजस्तो कलिलो होइन, एमालेले त्यस्ता चक्रब्युहलाई कच्याककुचुक बनाइदिन्छ’, ओलीले भन्नुभयो ।

फागुन २१ मा चुनाव नहुने बताउँदै ओलीले अहिले एमाले सरकारको चक्करमा पनि नरहेको बताउनुभयो । ओलीले एमाले चुनावको प्रतीक्षामा रहेको बताउँदै अब हुने चुनाव पछि एमालेको सरकार बन्ने दाबी गर्नुभयो । ‘अरू पुराना दल के गर्छन् थाहा छैन, एमाले त आयो आयो’, उहाँले भन्नुभयो ।

एमालेको ११ औ माहाधिवेशनस्थल भक्तपुरको सल्लाघारीमा मानिसहरू नअट्ने बताउँदै ओलीले जे जस्तो हुन्छ त्यसै गरी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

एमालेको महाधिवेशनको सफलता लोकतन्त्रको सफलता भएकोले महाधिवेशनलाई भव्य बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कार्यक्रम स्थलमा आउने बाटो र ठाउँ नपुगेर धादिङ, नुवाकोट, बनेपा वा दक्षिणकाली तिर छुट्टै कार्यक्रम गरेर फर्कनु पर्ने स्थिति पनि आउन सक्ने बताउनुभयो ।