११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा



अ+ अ-

टाटा मोटर्सका लागि नेपालका अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूलाई लक्षित गर्दै “Winter EV Service And Exchange Camp” कार्यक्रम सार्वजनिक गरेको छ। जाडो मौसममा ईभीको प्रदर्शनलाई थप सुदृढ र सहज बनाउन विशेष रूपमा आयोजना गरिएको यो सम्पूर्ण क्याम्प डिसेम्बर ८ देखि ९, २०२५ सम्म सञ्चालन हुनेछ।

कम्पनीले दिएको जानकारी अनुसार, यस महिने क्याम्पमा सहभागी हुने ईभी ग्राहकहरूलाई विविध नि:शुल्क सेवाहरू प्राप्त गर्नेछन्। जसमा नि:शुल्क लेबर चार्ज, नि:शुल्क टप वासिङ, नि:शुल्क कम्प्युटर डायग्नोसिस, नि:शुल्क ब्याट्री तथा इलेक्ट्रिकल परीक्षण, सस्पेन्सन र ब्रेकको नि:शुल्क जाँच, र एक पूर्ण १०–प्वाइन्ट चेकअप सेवा समावेश छन्। यसका अतिरिक्त, जाडोको तयारीका लागि आवश्यक पर्ने स्पेयर पार्ट्स र ल्युब्रिक्यान्टमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएकोले समग्र प्रक्रियालाई थप किफायती र सहज बनाउने कम्पनीले जनाएको छ।

यस महिने क्याम्पमा नियमित ईभी सर्भिसिङको सुविधासँगै ईभी एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइनेछ। कम्पनीको दाबी छ कि यस सुविधाले नयाँ टाटा ईभी खरिद गर्न चाहने ग्राहकहरूले थप विकल्प र लाभ प्राप्त गर्नेछन्। सिप्रदीले यस पहलमार्फत ग्राहकलाई दीर्घकालीन सुरक्षित, भरपर्दो र सहज ईभी अनुभव दिलाउने लक्ष्य लिएको स्पष्ट गरेको छ।

सिप्रदी ट्रेडिङले विद्युतीय गतिशीलताकाे वृद्धि र ग्राहक सन्तुष्टिलाई आफ्नो प्राथमिकता मान्दै, आगामी दिनहरूमा पनि यस्ता उपयोगी, प्रभावकारी र ग्राहक–मैत्री अभियानहरू निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीका अनुसार, यो क्याम्प नियमित सर्भिस मात्र नभई जाडो मौसमलाई आत्मविश्वासका साथ सामना गर्न सबै ईभी ग्राहकहरूको लागि एक महत्वपूर्ण सहयोगी अभियान हुने अपेक्षा गरिएको छ।