१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध



अ+ अ-

कोलम्बो। हालै आएको विनाशकारी मौसमी प्रकोपका कारण श्रीलङ्का भरि करिब ८५ प्रतिशत विद्युत आपूर्ति बन्द भएको श्रीलङ्का सिलोन विद्युत बोर्ड (सिइबी) ले जनाएको छ ।

सिइबीका उप–महाप्रबन्धक नोएल प्रियन्थाका अनुसार प्राकृतिक विपत्तिबाट सिर्जित क्षतिका कारण देशका झन्डै ७० लाख विद्युत उपभोक्तामध्ये ३९ लाखभन्दा बढीको सेवामा अवरोध आएको हो ।

उहाँले अधिकांश विद्युत जडान पुनःस्थापित भइसकेको र बाँकी जडानलाई छिट्टै सञ्चालनमा ल्याउने काम भइरहेको जानकारी दिनुभयो ।

सिइबीका अनुसार आपतकालीन अवस्थाका क्रममा १६ हजार ७७१ ट्रान्सफर्मर सेवा बाहिरिएका थिए । त्यसमध्ये १४ हजार ५४९ ट्रान्सफर्मर मर्मत तथा पुनस्र्थापना भइसकेको र बाँकी उपकरणलाई यथाशीघ्र सञ्चालनमा ल्याइने तयारी भइरहेको सिइबीले जनाएको छ ।(रासस/ सिन्ह्वा)