१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

योमरी पुन्हीलाई संस्कारका रुपमा अघि बढाउनुपर्छः उपप्रमुख डंगोल



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले योमरी पुन्हीलाई संस्कारका रुपमा मनाउनुपर्ने बताउनुभएको छ ।

२२ औं राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ज्यापु दिवसले मेहनत, माटो र पहिचान दर्शाउने उल्लेख गर्नुभया । उपमेयर डंगोलले यामरी पुन्ही एउटा पर्व मात्र नभइ संस्कार भएको जिकिर गर्नुभयो । उहाँले आजको दिनलाई विभिन्न जात्रा, पर्व, परम्परा मात्रै नभइ अस्तित्वको रुपमा लिनुपर्ने उल्लेख गर्नुभयो । आजको दिन काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ धान घरमा भित्र्याउने र नयाँ धानबाट बनाइएको योमरी देवी अन्नपूर्णलाई अर्पण गर्ने परम्परा रहेको छ ।

उहाँले भन्नुभयो, ‘आजको ज्यापु दिवसले ज्यापुहरुको मेहनत, माटो र अझ हाम्रो पहिचान दर्शाइरहेको छ । त्यसकारण पनि आजको दिन महत्वपूर्ण छ । यो हामीले पर्व मात्र होइन, संस्कारको रुपमा लिनुपर्दछ । आजको दिनलाई हाम्रा विभिन्न जात्रा, पर्वलाई परम्परा मात्रै होइन, अस्तित्वको दिनका रुपमा लिनुपर्छ । नयाँ धान उब्जनी गरिसकेपछि नयाँ धान घरमा भित्र्याउँछौँ आज । नयाँ धानबाट योमरी बनाएर अन्नपूर्णलाई अर्पण गर्दछौँ ।’

उपप्रमुख डंगोलले नेपालीको नाम विश्वव्यापी रुपमा गर्व गर्न लायक बनाउनुपर्ने बताउनु भयो ।