१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसनसोल लोकसभा सीटबाट शत्रुघ्न सिन्हा टीएमसीको उम्मेदवार बन्ने



अ+ अ-

एजेन्सी । ममता बनर्जीको तृणमूल कांग्रेसले आज पश्चिम बंगाल उपचुनावका लागि उम्मेदवारहरूको नाम घोषणा गरेको छ । 

जसअनुसार पूर्व केन्द्रीय मन्त्री शत्रुघ्न सिन्हा आसनसोलबाट लोकसभा उपचुनावमा लड्ने छन् भने बाबुल सुप्रियो बल्लीगञ्जबाट विधानसभा उपचुनावका लागि उम्मेदवार हुनेछन् । 

बाबुल सुप्रियोको राजीनामापछि बंगालको लोकसभा सिट खाली भएको थियो जसका कारण यहाँ उपनिर्वाचन हुन लागेको हो ।

यसबाहेक, बालीगञ्ज विधानसभा सीटसमेत टीएमसी नेता सुब्रत मुखर्जीको मृत्युपछि खाली भएको थियो, त्यसपछि अब यहाँ पनि उपचुनाव हुनेछ ।

बङ्गालको एउटा लोकसभा र चार विधानसभा सिटमा १२ अप्रिलमा उपचुनाव हुँदैछ । यी दुई दिग्गजको चुनावले राजनीति फेरि एकपटक तातेको छ । 

यसपटक यी सिटहरूमा बीजेपीले सफलता पाउँछ कि टीएमसीले हेर्ने छ । भर्खरको चुनावमा टीएमसीको प्रदर्शन हेर्दा यस पटक शत्रुघ्न सिन्हाले जित्ने देखिन्छ । 

योसँगै बाबुल सुप्रियोलाई पनि सुरक्षित सिट दिइएको छ । टिएमसी नेता सुब्रत मुखर्जीको निधनपछि यहाँ उपचुनावको घोषणा गरिएको हो ।