२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दले दाङको जनजीवन प्रभावित



अ+ अ-

दाङ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दका कारण दाङको जनजिवन प्रभावित भएको छ । मोर्चाले सांसद रेशम चौधरीलगायत ११ जनाको बिनासर्त रिहाइको माग गर्दै मंगलबार र बुधबार बन्दको आह्वान गरेको हो।

थुनामा रहेका सांसद थारुसहित अन्य ११ जना कैदीबन्दीहरूको रिहाइका लागि सरकारलाई दबाब दिन भन्दै जिल्लाका शिक्षण संस्था, यातायात, बजार, उद्योग र कलकारखाना सबै ठप्प बनेका छन्।

राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजन समितिका महासचिव तुलसी थारुले तीन दिनअगाडि एक प्रेस विज्ञप्तिमार्फत् बन्दबारे जानकारी दिएका थिए।

कैलालीको टिकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न,पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समितिको प्रतिवेदन सार्वजनिक गर्न, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न तथा सर्वदलीय संसदीय समितिको प्रतिवेदन पनि सार्वजनिक गर्न मोर्चाले माग गरेको छ।

मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले दाङमा ती माग पूरा नभए फागुन १ गतेदेखि आन्दोलन गर्ने बताएका थिए। त्यतिखेर उनले १२ बुँदे माग गर्दे कैलालीमा अनसन समेत बसेका थिए।