२१ आश्विन २०८१, सोमबार
,
Latest
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसभासद् घिमिरे नख्खु जेल ब्रेकरमा मृत भेटिए



अ+ अ-

झापा । तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिनुभएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।

झापाको मेचीनगर–१३ दुहागढी घर हुनुभएका उहाँले आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहनुभएको पारिवारिक स्रोतले बताएको छ । तीन दिनअघि दाह्री काट्न घर नजीकैको “चारआली बजार जान्छु” भनी घरबाट बाहिरिनुभएका उहाँ त्यसपछि सम्पर्कविहीन हुनुहुन्थ्यो ।

उहाँको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ । नेपालबाट जानुभएका मृतकका भाइ नरेन्द्रले शव पहिचान गर्नुभएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । विसं २०२३ देखि कम्युनिष्ट आन्दोलनमा लाग्नुभएका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा ९माओवादी०का तर्फबाट सभासद् निर्वाचित हुनुभएको थियो ।

उहाँले झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय भोग्नुभएको थियो । नख्खु कारागार तोड्नेमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो । भारतीय प्रहरीले उहाँ एशियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा पर्नुभएको र घटनास्थलमै मृत्यु भएको जानकारी दिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो । मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी हुनुहुन्छ ।