५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक क्विन्टल गाँजासहित दुई जना पक्राउ



अ+ अ-

वीरगञ्ज । पर्सा प्रहरीले एक क्विन्टल चार किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले विशेष सूचनाका आधारमा जाँच गर्दा पर्साको मनवाबाट रङ्गपुरतर्फ जाँदै गरेको बिएबी ९३९८ नम्बरको कारमा लुकाइराखेको १०४ किलोग्राम गाँजा बरामद गरेको हो ।

पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले गाँजासहित मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका–८ का भीम स्याङ्तान (चालक) र मकवानपुरगढी गाउँपालिका–१ का ३८ वर्षे कुमार स्याङ्तानलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

दुवैजनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।