३० भाद्र २०८३, मंगलवार
,
Latest
श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावअघि नै नियमित महाधिवेशन हुने गरी कार्यतालिका ल्याइँदै



Congress Central committee
file photo
अ+ अ-

काठमाडौं । लामो समयदेखि बन्धक जस्तै बनेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा आज महाधिवेशनको कार्यतालिका पेश हुँदै छ । आगामी फागुन २१ गतेको चुनाव अघि नै नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन लागिएको हो ।

पटक पटक सर्दै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ ।

कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे बहस र विवाद पेचिलो बन्दै जाँदा बैठक पटक–पटक सर्दै आएको छ ।

पछिल्ला छलफलमा पुस अन्तिम सतामा १५ औं महाधिवेशन गर्ने कार्यतालिकामा प्रारम्भिक सहमति जुटेको नेताहरुले बताएका छन् । आजको बैठकमा कार्यवाहक सभापति खड्काले २६–२९ पुसमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गर्ने बताइएको छ ।

१५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन सभापति शेरबहादुर देउवा आफैं सक्रिय भएपछि डेढ महिनादेखि जारी कांग्रेस बैठकको गतिरोधले निकास पाउने देखिएको छ । तर देउवानिकट पूर्वपदाधिकारीसहितको समूहले आइतबार छुट्टै भेला गरी विशेष महाधिवेशन फिर्ता हुने गरी कार्यतालिका आए मात्र स्विकार्न सकिने प्रस्ताव अघि सारेको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन हुने सुनिश्चित नभए विशेष महाधिवेशन प्रक्रिया स्वत: सुरु गर्ने अडान कायमै राखेका छन् । उनीहरूले नियमित महाधिवेशन सम्पन्न गरेर मात्र विशेष महाधिवेशनको हस्ताक्षर निष्क्रिय हुने बताएका छन् ।

बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सबै पक्षसँग अनौपचारिक छलफल गर्ने तयारी गरेका छन् ।

केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा आइतबार कार्यबाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग सामूहिक छलफल गरेका थिए । छलफलमा खड्काले पुस अन्तिम साता महाधिवेशन गर्नेगरी प्रस्ताव ल्याउने बताएका थिए ।

गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिर्णित बन्दा लम्बिएको छ ।