७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सैन्य कूपछि गिनी–बिसाउ अफ्रिकी युनियनबाट निलम्बित

सैन्य कूपछि गिनी–बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
Dinis N’Tchama, military spokesperson, speaks on Wednesday, Nov. 26, 2025 in Bissau, Guinea-Bissau. (TGB Guinea-Bissau via AP)
अ+ अ-

डकार। अफ्रिकी युनियन (एयु) ले गिनी–बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

एयुले असंवैधानिक कदमप्रति आफ्नो शून्य सहिष्णुता दोहो¥याउँदै संवैधानिक शासन पुनःस्थापित नहुञ्जेलसम्म गिनी–बिसाउलाई सबै गतिविधिबाट यथाशीघ्र निलम्बन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

शुक्रबार एयु शान्ति तथा सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव अनुसार ‘सरकारका असंवैधानिक परिवर्तनहरूमा शून्य सहिष्णुता’ नीति पुनः पुष्ट्याइयो । सोही आधारमा गिनी–बिसाउ गणतन्त्रलाई एयु, यसको अङ्गसंस्था तथा निकायहरूका सबै कार्यक्रम र निर्णय प्रक्रियामा सहभागी हुन नदिने निर्णय तत्क्षण प्रभावसहित लागू गरिएको परिषद्को भनाइ छ ।

विश्वका अत्यन्तै गरिब राष्ट्रहरू मध्ये पर्ने गिनी–बिसाउ पछिल्लो पाँच दशकदेखि निरन्तर कू र कू प्रयासले अस्थिर रहँदै आएको छ । पोर्चुगलबाट स्वतन्त्रता प्राप्त गरेको करिब ५० वर्षपछि पनि देशमा राजनीतिक अस्थिरता गहिरिँदै गएको विज्ञहरूको आकलन छ ।

करिब २२ लाख जनसङ्ख्या रहेको यो देश ल्याटिन अमेरिका र युरोपबीचको लागुपदार्थ तस्करीको मुख्य मार्गका रूपमा परिचित भइरहेको छ, जसले राजनीतिक सङ्कटलाई झनै बढाएको विश्लेषण गरिन्छ ।

पश्चिम अफ्रिकी क्षेत्रीय ब्लक ‘इकोवास’ ले पनि बिहीबार गिनी–बिसाउलाई संवैधानिक शासन पुनःस्थापना नहुँदासम्म निर्णय तहहरूबाट निलम्बन गरेको थियो । राष्ट्रपति तथा विधायी चुनाव सम्पन्न भएको केही दिनपछि बुधबार सैन्य अधिग्रहण भएको थियो ।

सो चुनावपछि वर्तमान राष्ट्रपति उमरो सिसोको एम्बालो र विपक्षी नेता फर्नान्डो डायस दुवैले आफू विजयी भएको दाबी गरेका थिए, जसले राजनीतिक तनावलाई अझ चर्काएको बताइन्छ ।

राष्ट्रपति एम्बालो सेनेगल सरकारले भाडामा उपलब्ध गराएको उडानमार्फत बिहीबार छिमेकी सेनेगल आइपुग्नुभएको थियो ।

कूपछि गिनी–बिसाउको सैन्य उच्च कमान्डले पूर्व सेना प्रमुख जनरल होर्टा इन्टा–ए–लाई सैन्य सरकार प्रमुखका रूपमा औपचारिक रूपमा स्थापित गरेको राज्य टेलिभिजनले प्रसारण गरेको छ । उहाँको नेतृत्वमा एक वर्ष लामो सङ्क्रमणकाल सञ्चालन गरिने बताइएको छ । (रासस/एपी)