११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री अर्याल चढेको विमान आकस्मिक रुपमा काठमाडौंमा अवतरण



अ+ अ-

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल चढेको यति एअरलाईन्सको विमान आकस्मिक रुपमा काठमाडौं विमानस्थलमा अवतरण भएको छ ।

काठमाडौंबाट पोखरा जानका लागि आज विहान साढे ९ बजे उडेको विमान प्राविधिक कारणले गन्तब्यमा नपुग्दै पुनः काठमाडौं विमानस्थलमा आपतकालिन अवतरण भएको हो । विमानस्थलमा विमान उडेको १० मिनेटमै अवतरण गरेको थियो ।

अरलाईन्सले जनाए अनुसार विमानमा सवार सबै सकुशल रहेको छन् । मन्त्री अर्याल पुनः अर्को विमानमा पोखरा जान लागेको उनका प्रेस संयोजक देवीका घर्तीले जानकारी दिईन ।