जिल्ला प्रशासन कार्यलय काठमाडौंले विश्वभरी नै महामारीको रुपमा फैलदै गईरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्नको लागि सबैमा सचेत गराएको छ । छिमेकी मित्र राष्ट्र चीन हुँदै देशव्यापी रुपमा फैलदै गईरहेको कोरोना भाइरसले सबैमा एक प्रकारको त्रास उत्पन्न गराएको छ ।
यसको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भिडभाडमा नजान तथा भेला, सभा सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न जल्ला प्रशासन कार्यलय काठमाडौंले अनुरोध गरेको हो । यसका साथै काठमाडौं जिल्लामा अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली लगाएतका) कार्यक्रमको आयोजना नगर्न पनि बताईएको छ ।
भिडभाड र जमात हुने कुनै पनि कार्यक्रममा सहभागि नभईदिन पनि जल्ला प्रशासन कार्यलय काठमाडौंले सुचना मार्फत अनुरोध गरेको छ ।