काठमाडौँ । कोराना संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका एक नेपाली भागेका छन् । बिहिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भागेका हुन् ।
कोरियाबाट आएर एक नेपाली बुधबार आइसोलेसन वार्डमा भर्ना भएका थिए। ती व्यक्ति अझै सम्पर्कमा नआउदा प्रहरीको सहयोगमा उनको खोजी भइरहेको अस्पतालले जानकारी दिएको छ।
अस्पतालमा बुधबार नै कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र भारत भ्रमण गरेर नेपाल आएका एक जना फ्रेन्च नागरिक भर्ना भएका थिए।
चारै जनामा कोरोनाको परीक्षण बिहीबार गराइने अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले बताएका थिए।
तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्काइटिस जस्तो देखिएको थियो। बिहीबार थप एक जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ। हाल टेकुमा ४ जना शंकास्पद बिरामी भर्ना भएका छन्।
मंगलबार मात्र अस्पतालबाट कोरियाबाट आएका ३ नेपाली र चीनबाट आएका एक जना चिनियाँ नागरिकमा कोरोना परीक्षण पछि संक्रमण नदेखिँदा आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको थियो।