काठमाडौं । कोरोनाभाइरसका कारण काठमाडौंमा हुने भनिएको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता स्थगित भएको छ । इपिएल आगामी चैत १ देखि १५ गते सम्म काठमाडौंमा हुने तय गरिएको थियो ।
इपिएलका कार्यकारी निर्देशक आमिर अख्तरका अनुसार कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लिग अनिश्चितकालका स्थगित गरिएको हो। उनले अर्को घोषणा नभएसम्मका लागि लिग स्थगित गरिएको जानकारी दिए।
इपिएलमा ६ टिमबीच प्रतिस्पर्धा हुने तय थियो। यसपटकको इपिएलमा वेस्ट इन्डिजका क्रिस गेल, ड्वायन स्मिथ, न्युजिल्यान्डका कोरि एन्डर्सन, श्रीलंकाका उपुल थाराङ्गा, अफगानिस्तानका मोहमद साहजाद, आयरल्यान्डका केभिन ओुब्रायन र पाउल स्टर्लिङ लगायतका खेलाडी नेपाल बताइएको थियो।
विश्वभर फैलिरहेको कोरोनाभाइरसका कारण खेलकुदका प्रतियोगितालाई असर गरिरहेको छ।