२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा छ’



अ+ अ-

अमरगढी । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा रहेकोे बताउनुभएको छ । स्वास्थ्य बीमा बोर्डको कार्यक्रमका क्रममा यहाँ आइपुग्नुभएका राज्यमन्त्री रावतले डडेल्धुरा सदरमुकाममा आज बिहान पत्रकार भेटघाट कार्यक्रममा कोभिड–१९ को सङ्क्रमणबाट नेपाल सुरक्षित रहेको र रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिले पूर्वतयारी गरिरहेको जानकारी दिनुभयो ।

भारतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि डडेल्धुराको पुराना छोटी भन्सार नाकामा कोरोना जाँच कक्ष स्थापना नभएकाले नेपालबाट भारत जाने आउने पर्शुराम नगरपालिका र भागेश्वर गाउँपालिकाको छोटी भन्सारबाट नेपालमा फैलन सक्ला कि भन्ने पत्रकारले गरेको प्रश्नमा राज्यमन्त्री रावतले सो सम्बन्धमा अध्ययन गरी प्रदेश सरकारलाई निर्देशन दिइने बताउनुभयो ।