२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले मास्कको आपूर्ति र उत्पादन बढाउने



अ+ अ-

काठमाडौं । सरकारले मास्कको आपूर्ति र उत्पादन बढाउने विषयमा नीति क्षेत्रसँग सहकार्य भइरहेको बताएको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड—१९) को प्रभाव नदेखिएको बताउँदै सरकारले संक्रमण हुँनै नदिने गरी उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारी समेत सम्हालीरहनुभएका अर्थमन्त्री युवराज खतिपडाले सरकार र स्वास्थ्य मन्त्रालयले उच्च प्राथमिकतामा राखेर नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो । खतिवडाले कोरोना भाइरस नियन्त्रणका लागि अहिले प्रदेश र स्थानीय सरकारसँग छलफल गरी अगाडी बढिरहेको बताउनुभयो । कोरोनाका कारण पर्यटन, व्यापार लगायतका क्षेत्रमा असर पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । लगानीका अवशर, बजार आपूर्तिका सन्दर्भमा प्रभाव पर्ने कुराहरु अनुमान गर्न सकिने उहाँले बताउनुभयो ।

अर्थमन्त्री खतिवडालाई सेयर बजारले तपाईलाई नरुचाएको हो ? भनेर पत्रकारले सोधेको प्रश्नमा खतिवडाले आफ्नो कार्यकालमा नै पूँजी बजारमा ठुलो नीतिगत सुधार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्मको पूँजीबजार हेर्दा विगत २ वर्षमा धेरै सुधार भएको छ । अर्थमन्त्रीको काम लगानी कर्तालाई अवशरसम्म पुर्याउने हो बाँकी उसको जिम्मा । लगानी कर्ताले कम्पनी वासलात, नाफा नोक्सान हेरेर गर्नुपर्छ । नीतिगत समस्या देखिएका छन् भनेर बसेर छलफल गर्न सकिन्छ ।’ अर्थमन्त्री खतिवडाले व्यक्तिको अनुहार भन्दा पनि कम्पनीको वासलात हेरेर लगानी गर्न सुझाव दिनुभएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्वस्थ्य मन्त्रालयले छुट्टाछुट्टै तीन वटा समितिहरु गठन गरेर कोरोना भइरसका भित्रिन नदिने गरी काम भइरहेको बताउनुभयो । मन्त्रीको संयोजकत्वमा, सचिवको संयोजत्वमा र सम्बन्धित महाशाखा समितिको संयोजकत्वमा प्राविधिक कमिटी गठन गरी काम भइरहेको उहाँले बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जनशक्ति थपेर काम भइरहेको उहाँले बताउनुभयो । विमानस्थलमा संस्कास्पद देखिएका व्यक्तिहरुलाई तुरुन्त उपचारका लागि पठाउने गरिएको उहाँले बताउनुभयो । एक सिफ्टमा ७ जनासम्म चिकित्सकसहितको टोली र रातिको सिफ्टमा ४ जनाको टोली विमानस्थलको हेल्थ डेस्कमा खटाइएको उहाँले बताउनुभयो । सात वटै प्रदेशमा सरकारले टोलीहरु पठाएको उल्लेख गर्दै प्रवक्ता देवकोटाले नेपाल भारतका ३७ वटा सीमा नाकाहरुमा टोली खटाउने तयारी भइरहेको बताउनुभयो । भारतले विभिन्न औषधिमा निर्यात प्रतिवन्ध लगाएपछि कसरी फुकुवा गर्ने भन्ने विषयमा छलफल जारी रहेको उहाँले बताउनुभयो । सरकारले उपत्यकामा रहेका अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको पनि उहाँले बताउनुभयो । सजकता अपनाउन जरुरी रहेकाले त्रासको वातावरण नफैलाउन आग्रह गर्दै उहाँले औषधि आपूर्ति, भिडभाड रोकथामका विषयमा मन्त्रालयले निरन्तर सम्बन्धित पक्षसँग छलफल गरिरहेको बताउनुभयो ।