२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पक्की पुल निर्माणमा ढिलाइ हुँदा सास्ती



अ+ अ-

तनहुँ । भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिका जोड्ने गरी भागर दोभानस्थित सेती नदी माथि निर्माण गरिएको मोटरेबल पुल निर्माण कार्यमा ढिलाइ भएको छ । करिब १०५ मिटर लामो उक्त पुल विसं २०७६ चैत १५ गतेसम्म निर्माण सम्पन्न गर्ने सहमति भए पनि ठेकेदारको लापरवाहीका कारण एक वर्ष पुल निर्माणमा ढिलाइ भएको हो । तोकिएको अवधिभित्र सम्पन्न गर्न नसक्ने भएपछि समय थप गरिएको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी एवं इञ्जिनीयर सचिन श्रेष्ठले बताए ।

“हामीले पटकपटक छिटो सम्पन्न गर्न भनेका छौँ, तर पनि काममा गति नदिँदा निर्माण कार्यमा ढिलाइ भएको हो”, उनले भने, “पुल निर्माणका लागि पछिल्लो समय थप भएसँगै विसं २०७७ फागुन मसान्तसम्ममा पुल निर्माण सम्पन्न गर्नुपर्ने छ ।” पुलका लागि आवश्यक पर्ने चार फाउण्डेशनमध्ये तीन फाउण्डेशन निर्माण भइसकेका र अब एउटा फाउण्डेशन निर्माणका लागि काम अघि बढेको उनले जानकारी दिए । पुल निर्माण शुरु भएको झण्डै चार वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नहुँदा झोलुङ्गे पुलबाट मोटरसाइकल गुडाउँदा सर्वसाधारणले आवतजावतमा कठिनाइ भोग्नुपरेको छ ।

पुलबाट मोटरसाइकल तार्नको लागि जो कोहीले हिम्मत राख्दैन तर पनि कोही कसैले मोटरसाइकल कुदाउँदा पुल हल्लिने, पुलबाट तल देखिने नदीको रहर पारी भित्ताको अप्ठ्यारो घुम्तीका कारण यहाँ दैनिक दुर्घटना हुने गरेको स्थानीय बताउँछन् । कयौँ मोटरसाइकल चालकको पटकपटक उद्धार गरिएको पुल नजिकै घर भएका दीपक आलेले बताए।

पटकपटक झोलुङ्गे पुलमा मोटरसाइकल चिप्लिँदा दुर्घटना बढ्दै गएका स्थानीय स्थानीय ज्येष्ठ नागरिक विष्णुबहादुर आलेले बताए । उक्त पुलको एडभेन्चर कन्ट्रक्सनसँग रु आठ करोड ८० लाख ५० हजार ८८३ मा निर्माण गर्ने सम्झौता गरे पनि पछि लागत संशोधन गरी रु १० करोड एक लाख ५० हजार ५९३ पुगेको इञ्जिनीयर श्रेष्ठले जानकारी दिए । उनका अनुसार भिमाद र शुक्लागण्डकी जोड्ने दोभानको पुलसहित जिल्लामा नौ पुल निर्माणाधीन अवस्थामा छन् ।