७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

साततले दरबार र तलेजु मन्दिरको पुनःनिर्माण सुरु

साततले दरबार र तलेजु मन्दिरको पुनःनिर्माण सुरु
अ+ अ-

नुवाकोट। नुवाकोटको ऐतिहासिक तुलजा भवानीको मन्दिर (तलेजु) र साततले दरबारको पुनःनिर्माण आजदेखि औपचारिक थालनी गरिएको छ ।

तलेजु र साततले दरबारको भूकम्पले क्षतिग्रस्त बनेका संरचना हटाई नयाँ निर्माण प्रारम्भ गर्नुअघि जग सतहको आज पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गसहित सरोकारवालाबाट ‘भूमिको क्षमा पूजा’ गरेर पुनःनिर्माण कार्य प्रारम्भ गरिएको हो ।

विसंं २०७२ वैशाख १२ को गोरखा भूकम्पले क्षति पु¥याएको तलेजु मन्दिरको संरचना पूर्ण रूपमा हटाई जग निर्माण थालिएको छ भने दरबारको सात तलामध्ये पाचौँ तलासम्म हटाइएको छ । प्राविधिक अध्ययनअनुसार थप संरचना हटाउँदै लगिने पुरातत्व विभागका महानिर्देशक प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँको अनुसार नेपाल सरकार (पुरातत्व विभाग) सँग भएको सम्झौताअनुसार निर्माणको जिम्मेवारी लिएको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले पहिलो चरणमा ती दुई संरचनाको निर्माणका लागि जगसतहको निर्माण थालिएको विभागका महानिर्देशक प्रधानाङ्गले जानकारी दिनुभयो । पुनःनिर्माण कार्य प्रारम्भमा विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठसहित जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख एवं सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

दश वर्षअघि गएको भूकम्पले क्षति पु¥याएको साततले दरबारसहितको संरचना निर्माणको कार्य ढिलो भएरसँगै अन्योल रहेको पुनःनिर्माणले अब थप तीव्रता पाउने विदुरका प्रमुख श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।

दरबार पुनःनिर्माणका लागि चिनियाँ प्राविधिकको मागअनुसार विदुर नगरपालिकाले पानी, विद्युत् आपूर्ति, भण्डारणस्थल, पहुँचमार्गको निर्माणमा सहयोग पु¥याएको छ ।

भूकम्पपछिको पुनःनिर्माण सहयोगअन्तर्गत चीन सरकारसँग विसंं २०७६ जेठमा भएको सहमतिअनुसार भूकम्पले क्षति पुगेका यहाँका आठ वटा धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्त्वका संरचना चीन सरकारले निर्माण गर्ने उल्लेख छ । त्यसका लागि चिनियाँ कम्पनीले ४५ महिनाभित्रै काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, काम सुरु नहँुदै निर्धारित समय सकिएकाले नयाँ सम्झौतामा सोही अवधि नै निर्धारण गरिएको छ । पहिलो चरणमा एक वर्षभित्र तलेजु मन्दिर र साततले दरबारको निर्माण सम्पन्न गर्ने र बाँकी संरचनाको पुनःनिर्माण दोस्रो चरणमा गर्ने समझदारी भएको छ ।

सोहीअनुसार दरबार परिसरमा रहेका गारदघर, रङ्गमहल, विष्णु र नारायण मन्दिर, भैरवीदेवी मन्दिर परिसरका लामपाटी र शीतलपाटीलाई दोस्रो चरणमा निर्माण गर्ने उल्लेख छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथि विसं १८०१ मा विजय गरेपश्चात् साततले दरबारको निर्माण गर्न लगाएको पाइन्छ । काठमाडौँ उपत्यकामाथि विजयी हुनुअघिसम्म सोही दरबारबाट प्रशासनिक कामकाज सञ्चालन गर्नुभएको थियो । उक्त दरबारलाई नेपालमा गणतन्त्र स्थापना भएसँगै ‘नुवाकोट दरबार सङ्ग्रहालय’मा परिणत गरेर सर्वसाधारणका लागि खुला गरिएको थियो ।

पृथ्वीनारायण शाहले तत्कालीन समयमा प्रयोग गरेको लत्ताकपडा, पलङ, ओछ्यान, युद्धकौशलका सामग्री, पृथ्वीनारायण शाहसहित दुई रानीका प्रतिमालगायतका पुरातात्विक सामग्रीसहितको साततले दरबारलाई विश्व सम्पदा सूचीमा प्रस्ताव गरिएको छ । रासस