१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्समा सडक दुर्घटनामा ११ जनाको मृत्यु, ३ घाइते



अ+ अ-

म्यानिला। फिलिपिन्सको अल्बे प्रान्तमा बुधबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ । प्रहरीले १० पाङ्ग्रे ट्रकले यात्रु भ्यानसँग ठोक्किँदा यो दुर्घटना भएको जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटना कमालिग नगरपालिकाको राजमार्गमा बिहान करिब ९ बजे भएको थियो । भिडिओ फुटेजमा ट्रक विपरीत दिशाबाट आएको १४ यात्रु बोकेको भ्यानसँग ठोक्किएको थियो ।

उद्धारकर्ताहरूले घाइतेहरूलाई पूर्ण रूपमा ध्वस्त भएका सवारी साधनबाट निकाल्न घण्टौं काम गर्नु परेको थियो । प्रहरीले ट्रकको ब्रेक बिग्रिएर यसले उच्च गतिमा यात्रा गरेको जनाएको छ ।

ट्रक चालक र सहायक समेत घाइते भएका छन् । (रासस/एएफपी)